काठमाडौंका ‘कोठी’मा प्रहरीको छापा, २३ महिला सहित २३५ जना पक्राउ



हाम्रो इकोनोमि

महानगरीय प्रहरी परिसर काठमाडौं मातहत रहेका वृतहरुमा कार्यरत घुमुवा प्रहरी र क्विक रेस्पोन्स टिम (क्युआरटी) सम्मिलित प्रहरी टोलीले विशेष अप्रेशन सञ्चालन गरेको छ ।

मंगलबार भएको विशेष अप्रेशनका क्रममा गलत क्रियाकलापमा संलग्न २३ महिलासहित दुई सय ३५ जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।‘आफ्नो क्षेत्रमा गुण्डागर्दी गर्ने, लागू औषध सेवन गर्ने तथा शंकास्पद गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिएका छौं’ एसएसपी पोखरेलले भने, ‘पक्राउ परेकाबारे अनुसन्धान भईरहेको छ ।’

काठमाडौं प्रहरीले केही दिनयता आकस्मिक रुपमा सर्च अप्रेशन चलाउँदै आएको छ । काठमाडौं प्रहरी परिसर मातहत रहेका १४ ओटा महानगरीय प्रहरी वृतमा कार्यरत सादा पोशाकका प्रहरी र मोटरसाईकलमा गस्ती गर्ने क्युआरटी (क्विक रेस्पोन्स टिम) ले प्रभावकारी काम नगरेको भन्दै एसएसपी पोखरेलले मंगलबार बिहान सबैलाई टेकुमा भेला गरेर ब्रिफिङ गरेका थिए ।‘ट्यापे मुन्द्रले समाजमा दुःख दिएको बारे धेरै गुनासो आएको थियो’ पोखरेलले भने, ‘पक्राउ परेकाहरुलाई सम्बन्धीत वृतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’प्रभाकारी प्रहरी परिचालनका लागी क्युआरटी र सादा पोशाकमा ठुलो संख्याका प्रहरी परिचालन गरेर सर्च अप्रेशन सञ्चालन गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...