काठमाडौंका ‘कोठी’मा प्रहरीको छापा, २३ महिला सहित २३५ जना पक्राउ



महानगरीय प्रहरी परिसर काठमाडौं मातहत रहेका वृतहरुमा कार्यरत घुमुवा प्रहरी र क्विक रेस्पोन्स टिम (क्युआरटी) सम्मिलित प्रहरी टोलीले विशेष अप्रेशन सञ्चालन गरेको छ ।

मंगलबार भएको विशेष अप्रेशनका क्रममा गलत क्रियाकलापमा संलग्न २३ महिलासहित दुई सय ३५ जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।‘आफ्नो क्षेत्रमा गुण्डागर्दी गर्ने, लागू औषध सेवन गर्ने तथा शंकास्पद गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिएका छौं’ एसएसपी पोखरेलले भने, ‘पक्राउ परेकाबारे अनुसन्धान भईरहेको छ ।’

काठमाडौं प्रहरीले केही दिनयता आकस्मिक रुपमा सर्च अप्रेशन चलाउँदै आएको छ । काठमाडौं प्रहरी परिसर मातहत रहेका १४ ओटा महानगरीय प्रहरी वृतमा कार्यरत सादा पोशाकका प्रहरी र मोटरसाईकलमा गस्ती गर्ने क्युआरटी (क्विक रेस्पोन्स टिम) ले प्रभावकारी काम नगरेको भन्दै एसएसपी पोखरेलले मंगलबार बिहान सबैलाई टेकुमा भेला गरेर ब्रिफिङ गरेका थिए ।‘ट्यापे मुन्द्रले समाजमा दुःख दिएको बारे धेरै गुनासो आएको थियो’ पोखरेलले भने, ‘पक्राउ परेकाहरुलाई सम्बन्धीत वृतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’प्रभाकारी प्रहरी परिचालनका लागी क्युआरटी र सादा पोशाकमा ठुलो संख्याका प्रहरी परिचालन गरेर सर्च अप्रेशन सञ्चालन गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी