सात महिना पछी नेपालमै रेल कुदाउने गरि तिब्र गतिमा काम सुरु,ओलीको बोलीलाई भारतले यसरी दिने भयो साथ



दुई वर्षभित्र नेपालमा रेल आउने भनी गरेको भाषणका कारण प्रधानमन्त्री केपी शर्मा ओली आलोचकहरुको तारो भए पनि सात महिनाभित्र रेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

चार वर्षअघि सुरु भएको भारतको विहार राज्यको जयनगरदेखि नेपालको जनकपुरधामसम्मको रेलमार्गको मर्मत कार्य सकिने मिति धेरै पटक सरिसकेको छ। पछिल्लो पटक यो वर्षको मार्च महिनासम्म रेल सञ्चालन गर्ने लक्ष्य रहेको थियो। त्यो डेडलाइन पार भइसकेपछि अब अक्टोबर महिनादेखि सञ्चालनमा ल्याउने गरी अहिले काम भइरहेको छ।

अहिले भारत सरकारको लगानीमा रेलको लिक बिछ्याउने काम भइरहेको छ तर त्यो जनकपुरसम्म पुगिसकेको छैन। लिक तयार भइहाले पनि डब्बा र इन्जिन नेपालकै हुनुपर्ने तर नभएकोले रेल सञ्चालनको लक्ष्य पूरा हुन गाह्रो छ।

रेल विभागले पहिलो चरणमा यात्रुवाहक र मालवाहक रेलका दुई-दुई इन्जिन र १८ वटा डब्बा खरिद गर्न तीन अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै बजेट माग गरेको थियो जुन उसले पाइसकेको छैन।

सन् २०१४ सम्म चलेको न्यारोगेज रेलको डब्बा अहिले अलपत्र फ्याँकिएको छ।
तर रेलको इन्जिन र बोगी (डब्बा) पनि भारत सरकारले नै उपलब्ध गराउने भएपछि अक्टोबर महिनाबाट रेल सञ्चालनमा आउने सम्भावना बढेको छ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म पहिलो चरणमा रेल सञ्चालनका लागि भारतीय पक्षले तीब्र गतीमा काम अगाडि बढाएको जनाएको छ।

भारतको पूर्व मध्य रेल्वेका महाप्रबन्धक ललितचन्द्र त्रिवेदीले जयनगर–जनकपुर रेलको बोगी र इन्जिन भारत सरकारले दिने जानकारी गराएका छन्।

‘भारतले नेपाललाई रेलको इन्जिन र बोगी पनि उपलब्ध गराउनेछ,’ महाप्रबन्धक त्रिवेदीलाई उद्धृत गर्दै जनकपुरधामको स्थानीय पत्रिका जनकपुर टुडेले जनाएको छ, ‘यसै वर्षको अक्टोबर महिनादेखि जयनगर–कुर्थासम्म रेल सञ्चालन हुनेछ। यसका लागि युद्धस्तरमा निर्माण कार्य भइरहेको छ।’

त्रिवेदीले जयनगरस्थित रेल्वेका अधिकारीहरुसँग नेपाल रेल निर्माण परियोजनाको प्रगतिको समीक्षा पनि गरेका छन् । मार्चको पहिलो साता महाप्रबन्धक नियुक्त भएका त्रिवेदीले जयनगर समस्तीपुर रेल खण्डको निरीक्षणको क्रममा जयनगरस्थित अधिकारीहरुसँग नेपाल रेल्वेका विषयमा छलफल गरेका हुन्।
‘सम्झौता भइसकेको छैन’
यता नेपालको रेल विभागले भारतले बोगी र इन्जिन दिने सम्झौता भइनसकेको जनाएको छ।

‘एक पटक भिडियो कन्फ्रेन्स भएको थियो। तर कुनै निर्णय भएन,’ रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्ययले भने,‘बल्ल नयाँ मन्त्री आएको छ। अब यस विषयमा छलफल हुनेछ।’

‘भारतीय पक्षले डब्बा र इन्जिन दिने भनेको छ। र, त्यसपछि उनीहरुले नै कार्यालय पनि खोल्न सक्छ,’ प्रवक्ता उपाध्ययले भने,‘उनीहरुले कार्यालय खोलेपछि फर्किन नमाने हामीलाई अप्ठ्यारो हुन सक्छ। त्यसकारण उनीहरुको इन्जिन र बोगी लिने विषयमा हामी तयार भइसकेका छैनौं।’

रेल मार्गमा लिक ओछ्याउने ७० प्रतिशत काम भइसकेको भारतीय पक्षले जनाएको छ।
नेपाल–भारतबीच ब्रोडगेज रेल लाइन विस्तारका लागि भएको सम्झौता अनुसार भारतीय सात सय करोडमा ब्रोडगेज निर्माण गर्ने भनिए पनि डब्बा र इन्जिनको बारेमा प्रष्ट छैन।

पहिलो पोस्टका अनुसार नेपाल रेलवे कम्पनीले रेलको इञ्जिन र बोगी खरिद गर्न अर्थ मन्त्रालयसित छलफल सुरु गरेको थियो । तर पछिल्लो समय छलफल अगाडि बढ्न नसकेको रेल विभागका प्रवक्ताले सुनाए।

सन् १९२७ बाट सञ्चालनमा आएको जयनगर-जनकपुर रेल चार वर्षअघि बन्द भएको थियो।
अहिले रेलमार्ग महोत्तरीको बर्दिवाससम्म पुर्‍याउने लक्ष्य भए पनि मुआब्जा विवादका कारण बिजलपुराबाट बर्दिवाससम्मको काम सुरु नै हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी