ओलीले विदेशी राजदूतलाई बालुवाटारमा बोलाएर यस्ता गफ दिए,राजदूतहरुले ओलीका कुरालाई कसरी लिए



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटार बाेलाएर सरकारकाे प्रथामिकता र विदेश नीतिबारे ‘बिफ्रिङ’ दिएका छन्।

काठमाडाैंस्थित विदेशी राजदूतहरूलाइ सम्बाेधन गर्दै उनले बितेकाे दशकमा नेपाल एेतिहासिक रूपमा रूपान्तरण भएर राजनीतिक स्थायित्वकाे चरणमा प्रवेश गरेकाे बताए। यसका लागि नेपालले ठूलाे मूल्य चुकाएकाे प्रधानमन्त्रीकाे भनाइ थियाे। ‘याे रूपान्तरण राजनीतिक रूपमा मात्र भएकाे छैन। त्याे राष्ट्रिय जीवनका सबै पक्षहरूमा अनुभूत गरिएकाे छ’, उनले भने।

उनले सरकारका नीति ६ अाधारभूत विषयबाट निर्देशित रहने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा अाफ्नाे सरकारका मुख्य आधारस्तम्भ रहेको राजदूतहरूलाइ सुनाए।

अाेलीले नेपालमा भारत वा चीनविराेधी कुनै पनि क्रियाकलपा हुन नदिन सरकार प्रतिबद्ध भएकाे बताए। छिमेकीहरूका जायज स्वार्थलाइ सम्मान गर्ने बताउँदै उनले भने, ‘दुवै छिमेकीका विरुद्ध हुने कुनै पनि खाले गतिविधि नेपाली भूमिमा हुन दिँदैनौं। हामी हाम्रा छिमेकीसँगको सम्बन्ध आपसी सहयोगका सबै क्षेत्रमा सुदृढ बनाउन परिलक्षित छौं।’

नेपालको लक्ष्य ‘सबैसँग दोस्ती र काेहीसँग शत्रुता नगर्ने’ रहेको प्रधानमन्त्री ओलीले सुनाए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत मन्तव्य दिँदै विश्वसँग नेपालको सुमधुर सम्बन्ध रहेको र दुई निकट छिमेकीसँग ऐतिहासिक सम्बन्ध रहेको बताएका थिए।

‘हामी छिमेकी मुलक, विकास साझेदार तथा अन्य मित्र राष्ट्रहरुसँग दुई पक्षीय विश्वास तथा सहयोग विस्तारको पक्षमा छौं’, ज्ञवालीले राजदूतहरुलाई सम्बोधन गर्दै भने। सरकारको विदेश नीति र प्राथमिकताको विषयमा जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले काठमाडौंमा रहेका विभिन्न मुलुकका राजदूत र राष्ट्रसंघका आवासीय प्रमुखलाइ ब्रिफिंग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...