विदेशबाट आएका युवाको सुनको सिक्री प्रहरीले नै चोरे,लाखौं ठग्ने दुई बिदेशी पक्राउ, यस्तो थियो ठगी धन्दा ?



हाम्रो इकोनोमि

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? यस्तै घटना भयो, काठमाडौंमा । समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने कसम खाएका प्रहरी नै सुनको सिक्री लुटेको आरोपमा पक्राउ परेपछि सबै आश्चर्य चकित भएका छन् ।
कुरा हो, महानगरीय प्रहरी वृत्त गौशालाको । क्युआरटीमा कार्यरत प्रहरी जवान विश्वराज कुशवाह सोमबार साँझ विदेशबाट आएका एक नेपालीले ल्याएका दुईवटा सुनको सिक्री लुटेपछि प्रहरीकै फन्दामा परेका हुन् ।
एयरपोर्टस्थित सिसिटिभी फुटेजबाट कुशवाहले सिक्री चोरेको पत्ता लागेको हो । उनलाई निलम्बन गरी थप कारबाहीको प्रक्रिया अगाडि बढेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अनलाइन व्यापारको नाममा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बंगालादेशी नागरिक राहत हसन राना र भारतीय नागरिक तरसेम शर्मा पक्राउ परेका हुन् ।

करिब ६ महिना अघि नेपाल आएका यी दुईले अनलाइन व्यापार गर्ने फेरेक्स ईन्टरनेशनल अनलाइन मनी मार्केट कम्पनी अन्तरगतको वेस्टर्न एफएक्स नामक अनलाइन माकेर्टिङ कम्पनीको एजेन्ट बताएर ठगी गरेका हुन् । दुबैजनाले करिब ५० लाख रुपैयाँसम्म ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार लगानी गरे नाफाको २० देखि ६० प्रतिशत फाइदा पाउने प्रलोभन देखाएर उनीहरुले बीस जनाभन्दा धेरैसँग रकम असुलेका छन् । प्रहरी कहाँ आएका दुई पीडितले आफूहरुले सात लाख रुपैयाँ लगानी गरेको र त्यसवापत आउने मुनाफा नपाएपछि साँवा रकम फिर्ता माग्दा नपाएको भन्दै उजुरी गरेका थिए ।

फोरेक्स कम्पनीको आधिकारिक एजेन्ट बताउने बंगालादेशी नागरिक हसन गत असोजदेखि बत्तिसपुतलीमा फ्ल्याट नै भाडामा लिएर बस्दै आएका थिए । प्रहरीका अनुसार हसन ट्युनिसियाली गर्लफ्रेण्डसँग बस्ने र ठगीधन्दाको रकम मोजमस्तीमा उडाउने गरेको देखिन्छ ।

प्रहरीका अनुसार पैसा लगानी गरेपछि बंगालादेशीले लगानीकर्ताको नाममा एकाउन्ट खोलीदिन्थे तर त्यसको पासवर्ड र युजर नेम भने आफैंले राख्थे । प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार लगानीकर्ताले अरु सदस्य खोजेर लगानी भित्रयाउन सके थप मुनाफा हुने भन्दै उनीहरुले धेरै भन्दा धेरै सदस्य बनाउन खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब

    रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम...

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...