सेनाको ब्यारेकभित्र पोखरीमा डुबेको दुई सेनाको शव भेटियो, घटना शंकास्पद



हाम्रो इकोनोमि

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत रहेको सबुज गणमा कार्यरत दुई जना सेना पोखरीमा डुबेको अवस्थामा फेला परेका छन् । पोखरीमा डुबेको अबस्थामा शव फेला परे पनि घटना शंकास्पद रहेको बताइएको छ । सबुज गणका लेस नायक दर्जाका ३० बर्षीय दोलखबहादुर चन्द र सोही उमेरका भरत विकको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय बहादुर राउतले जानकारी दिए ।

उनिहरुको शव गए राति ११ बजे सबुज गण हाता भित्रै रहेको पोखरीमा भेटिएपछि रातारात पोष्टमार्टमको लागी बीपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर, अहिले सम्म शवको पोष्टमार्टम नभएको प्रतिस्ठानले जनाएको छ । घटनाको बिषयमा नेपाली सेनाले आधिकारिक रुपमा जवाफ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...