एमाले संग तुरुन्तै एकता गर्न माओबादीले यसरी हतारियो,माओबादीका यस्ता नेताहरु यसरी पर्ने भए घटुवामा



हाम्रो इकोनोमि

एमालेसँगको आसन्न पार्टी एकतालाई मध्यनजर गर्दै माओवादी केन्द्रले आफ्नो पोलिटब्यूरो, केन्द्रीय समितिको संख्या घटाउने भएको छ। यसै प्रयोजनका लागि उसले १५ चैत्रमा पाटी केन्द्रीय सचिवालयको बैठक आयोजना गरेको छ।

१० चैत्रमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता छिट्टै टुङ्ग्याउने निर्णय गरेको थियो। एकताका लागि आफ्नो भद्दा संगठन बाधक देखिएपछि त्यसलाई घटाउने प्रयोजन स्वरुप उसले केन्द्रीय सचिवालयको बैठक डाकेको हो।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चैत्र अन्तिम साता हुने भारत भ्रमण गर्ने योजनामा छन्। र, भ्रमणमा आफ्नो हात माथि पार्न त्यसअघि नै एकता टुङ्ग्याउने प्रस्ताव राखेका छन्। ओलीको प्रस्तावमा माओवादी केन्द्र पनि सहमत छ।

माओवादीको जटिलता
पार्टी एकतालाई अन्तिम टुङ्ग्याउनीमा पुर्‍याउन बनाइएका दुई संयुक्त कार्यदल यतिबेला अन्तिम प्रतिवेदन तयारीको क्रममा छन्। तर, संगठनात्मक स्वरुप र विधान निर्माण कार्यदलले कमिटीमा रहने पदाधिकारी–सदस्य र संख्या टुङ्ग्याउन सकेको छैन।

यसको एउटा कारण हो, माओवादी केन्द्रका कमिटीहरुको संख्या ठूलो हुनु। माओवादी केन्द्रका कमिटीहरुको जटिलताले गर्दा कार्यदलले एकिकृत पार्टीमा कति संख्याको केन्द्रीय कमिटी, स्थायी समिति बनाउने भन्ने कुराको टुङ्गो लगाउन सकेको छैन।

माओवादीको केन्द्रीय समिति ४ हजार भन्दा बढी सदस्यको छ। विभिन्न समूहसँग भएको एकतासँगै केन्द्रीय सदस्यहरु थपिने गरेका छन्। यसैगरी पार्टी छाड्ने केन्द्रीय सदस्यपनि थुप्रै छन्। २ सय सदस्य रहेको भनिएको पोलिटब्यूरोको हविगतपनि यस्तै छ।

माओवादी केन्द्रमा संख्या यकिन भएको निकाय भनेको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालय हो। त्यसमध्ये केन्द्रीय कार्यालयको संख्या ३५ छ भने केन्द्रीय सचिवालयको संख्या ९९ सदस्यीय छ। अब केन्द्रीय सचिवालय बैठकले सबै कमिटीको संख्या निर्धारण गर्नेछ।

एमाले अनुकूल बनाइने
माओवादी केन्द्रको तुलनामा एमालेको संरचना चुस्तदुरुस्त र छरिता छन्। एमाले केन्द्रीय कमिटी २ सय ६ सदस्यीय छ। तर, महान्यायाधिबक्ता अग्नि खरेलले राजिनामा दिएकाले हालका लागि केन्द्रीय कमिटीमा २ सय ५ छन्।

केन्द्रीय कमिटीका अर्का सदस्य सानुकुमार श्रेष्ठ प्रदेश–३ को सभामुख बनेका छन्। उनले राजिनामा दिएका छैनन्। तर सभामुखको दलीय आवद्धता नहुने भएकाले उनले पनि राजिनामा दिएमा केन्द्रीय कमिटी २ सय ४ सदस्यीय हुनेछ।

त्यसबाहेक पोलिटब्यूरो ६३ सदस्यीय छ। एमालेमा पदाधिकारीहरु पनि थुप्र्रै संख्यामा छन्। अध्यक्ष बाहेक उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ५ जना छन् एमालेमा। माओवादीमा अध्यक्षबाहेक अहिले पदाधिकारी छैनन्।

आफ्ना निकायका पदाधिकारी र सदस्यहरुको संख्या धेरै भएकाले माओवादी केन्द्रले आफ्ना केन्द्रीय निकायहरुको संख्या घटाउने तयारी गरेको हो। १५ चैत्रमा हुने केन्द्रीय सचिवालय बैठकले एमालेसँग एकताका लागि सहज हुने गरी कमिटीहरुको संख्या घटाउने निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...