ओली संग मात्र होइन परिआए सबै ठुला नेता संग पंगा खेल्न सक्छु भन्दै योगेश भट्टराईले केपीलाई दिए काउन्टर



नेकपा एमालेका सचिव योगेश भट्टरार्इले अन्धभक्त भएर पार्टीको सदस्य नबन्ने स्पष्ट पारेका छन्। पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको मोनोपोलीविरुद्ध सशक्त आवाज उठाउँदै आएका भट्टरार्इले आफूलाई मन्त्री नबनाइएकोमा कुनै गुनासो नरहेको र कसैको अन्धभक्त कार्यकर्ता बन्न नसकिने पनि स्पष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री केपी ओलीले २५ जनाभन्दा बढी मन्त्री बनाउन नसक्ने अवस्थामा आफूलाई समावेश नगर्नु सामान्य कुरा भएको टिप्पणी गरे। चुनावका बेला पार्टी अध्यक्ष ओलीले आफूलाई मन्त्री बनाउने उद्घोष गरे पनि चुनावपछिको परिस्थिती फेरिएकाले सोचेजस्तो नभएको उनको भनाई छ ।

आफु पार्टी नेतृत्वको आलोचकको रुपमा चिनिएको स्विकार गर्दै उनले आलोचक हुनु नै कम्युनिष्ट पार्टीको सदस्य हुनुको परिचय भएको उनले बताए । “अन्धभक्त भएर कम्युनिष्ट पार्टीको सदस्य बन्न सकिदैन । माक्र्सवाद भनेको आलोचनात्मक चेतनाको संगठन हो । केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत सबैसँग आवश्यकताअनुसार विमति राख्छु”, भट्टराईले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार  ११ : ३५  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०