ओली संग मात्र होइन परिआए सबै ठुला नेता संग पंगा खेल्न सक्छु भन्दै योगेश भट्टराईले केपीलाई दिए काउन्टर



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव योगेश भट्टरार्इले अन्धभक्त भएर पार्टीको सदस्य नबन्ने स्पष्ट पारेका छन्। पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको मोनोपोलीविरुद्ध सशक्त आवाज उठाउँदै आएका भट्टरार्इले आफूलाई मन्त्री नबनाइएकोमा कुनै गुनासो नरहेको र कसैको अन्धभक्त कार्यकर्ता बन्न नसकिने पनि स्पष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री केपी ओलीले २५ जनाभन्दा बढी मन्त्री बनाउन नसक्ने अवस्थामा आफूलाई समावेश नगर्नु सामान्य कुरा भएको टिप्पणी गरे। चुनावका बेला पार्टी अध्यक्ष ओलीले आफूलाई मन्त्री बनाउने उद्घोष गरे पनि चुनावपछिको परिस्थिती फेरिएकाले सोचेजस्तो नभएको उनको भनाई छ ।

आफु पार्टी नेतृत्वको आलोचकको रुपमा चिनिएको स्विकार गर्दै उनले आलोचक हुनु नै कम्युनिष्ट पार्टीको सदस्य हुनुको परिचय भएको उनले बताए । “अन्धभक्त भएर कम्युनिष्ट पार्टीको सदस्य बन्न सकिदैन । माक्र्सवाद भनेको आलोचनात्मक चेतनाको संगठन हो । केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत सबैसँग आवश्यकताअनुसार विमति राख्छु”, भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...