सामुहिक बलात्कारपछि १२ बर्षीया बालिकालाई जिउदै जलाइयो



हाम्रो इकोनोमि

भारत, असमको नगांव जिल्लामा ५ कक्षामा अध्ययनरत १२ बर्षीया बालिकालाई तीन जनाले सामूहिक बलात्कारपछि जिउदै जलाइदिएका छन् । उनीहरुले मट्टितेल छर्केर आगो लगाई ती बालिकाको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ ।
घटना बटद्रोबा प्रहरी थाना अन्तर्गतको लालुंग गाउमा शुक्रवार भएको हो । प्रहरीका अनुसार पीडित बालिकाको ९० प्रतिशत शरीर जलेको थियो । उनको त्यही राति मृत्यु भयो । उनी होसमै भएका बेला प्रहरीलाई आफ्नो बयान दिएकी छन् । त्यही बयानका आधारमा प्रहरी बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । यी दुबै पनि नाबालिग छन् ।

पक्राउ परेका दुबैजनाले आफ्नो अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न अर्का युवा जाकिर हुसैन भने फरार छन् । उनको खोजी तिब्र पारिएको छ । यो घटनापछि गाउले निकै आक्रोसित भएका छन् ।
शुक्रवार ती बालिका स्कुलबाट घर फर्किरहेकी थिइन । छिमेकी जाकिर हुसैन लगायत उनका अरु दुई साथीहरुले उनलाई पछ्याएका थिए । त्यसपछि उनीहरु घरमै पसेर बलात्कार गरेका हुन । लगत्तै बालिकाको शरिरमा मट्टित्तेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...