ओलीले इयुलाई दिए देश छाड्ने सम्मको चेतावनी, धर्म प्रचार गर्न नदिएको झोँकमा इयुले हेप्यो भन्दै दिए यस्तो दनक



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियनले धर्म प्रचार गर्न नदिएको झोँकमा नेपाल र नेपालीलाई हेपेर बोलेको र काम गरेको उल्लेख गर्दै हेपेको नसहने बताएका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘युरोपेली युनियनले नेपाली र नेपाललाई हेपेर बोलेको र काम गरेको छ, त्यसलाई सच्याउन अनुरोध गर्दा झन् बचाउ गर्‍यो। नेपाल सार्वभौम मुलुक हो । हामीले हेपेको सहन सक्दैनौँ।’

उनले धाक लगाएर नेपाली जनतालाई बगाउन नपाइने बताए। उनले भने, ‘अधिकांश युवा रोजगारका लागि खाडी मुलुक जाँदा मत कम खसेको हो। ७३ प्रतिशात मत खस्नु गर्वको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन पर्यवेक्षणका नाममा नेपालको संविधान, सामजिक संरचना र उपलब्धिमाथि धावा बोल्ने छुट छैन।’

उनले धर्म प्रचार गर्न नदिएको झोँक प्रतिवेदनमा देखाउन नमिल्ने भन्दै युरोपेली युनियनको चर्को प्रतिवाद गरेका छन्। उनले भने, ‘हामी पूर्ण प्रजातान्त्रिक हो। हामी कोहीभन्दा कम छैनौँ। बेलायतले नेपालजस्तै आफ्नो संसद र सरकारमा १/२ प्रतिशत महिलाको संख्या बढी बनाएर देखाओस्।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...