ओलीले इयुलाई दिए देश छाड्ने सम्मको चेतावनी, धर्म प्रचार गर्न नदिएको झोँकमा इयुले हेप्यो भन्दै दिए यस्तो दनक



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियनले धर्म प्रचार गर्न नदिएको झोँकमा नेपाल र नेपालीलाई हेपेर बोलेको र काम गरेको उल्लेख गर्दै हेपेको नसहने बताएका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘युरोपेली युनियनले नेपाली र नेपाललाई हेपेर बोलेको र काम गरेको छ, त्यसलाई सच्याउन अनुरोध गर्दा झन् बचाउ गर्‍यो। नेपाल सार्वभौम मुलुक हो । हामीले हेपेको सहन सक्दैनौँ।’

उनले धाक लगाएर नेपाली जनतालाई बगाउन नपाइने बताए। उनले भने, ‘अधिकांश युवा रोजगारका लागि खाडी मुलुक जाँदा मत कम खसेको हो। ७३ प्रतिशात मत खस्नु गर्वको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन पर्यवेक्षणका नाममा नेपालको संविधान, सामजिक संरचना र उपलब्धिमाथि धावा बोल्ने छुट छैन।’

उनले धर्म प्रचार गर्न नदिएको झोँक प्रतिवेदनमा देखाउन नमिल्ने भन्दै युरोपेली युनियनको चर्को प्रतिवाद गरेका छन्। उनले भने, ‘हामी पूर्ण प्रजातान्त्रिक हो। हामी कोहीभन्दा कम छैनौँ। बेलायतले नेपालजस्तै आफ्नो संसद र सरकारमा १/२ प्रतिशत महिलाको संख्या बढी बनाएर देखाओस्।’

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...