घरमै सुत्केरी हुने दर शून्य



हाम्रो इकोनोमि

लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ ।

एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन लाबदले सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको बताउनुभयो । पहिले नियमित जाँचका लागि समेत महिलालाई ग्वार्काे वा लगनखेल पुग्नुपर्ने बाध्यता थियो । उहाँ भन्नुहुन्छ, “अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन विपन्न पनि स्वास्थ्य संस्थामा जान्छन् ।” केन्द्रमा स्थानीयवासी महिला पनि आउँछन् । अस्थायी रुपमा बसोबास गरेका विपन्न महिलाका लागि केन्द्र अझै सजिलो भएको छ ।

नजीकैको स्वास्थ्य संस्थामा सेवा पाउने भएपछि महिलाले अरु काम भ्याएर समेत जचाउने गरेका छन् । केन्द्रमा जाँच गर्न आउनेका तुलनामा सुत्केरी हुन आउने कम छन् । वार्षिक झण्डै तीनचार सय महिला जाँच गराउनका लागि आउँछन् । केन्द्रमा सबै खालका जाँचका लागि चिकित्सक र उपकरण छन् ।
उहाँ भन्नुहुन्छ, “नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे सम्झाइरहेका छौंँ ।” गत साउनदेखियता २१ महिलाले केन्द्रमा सन्तानलाई जन्म दिइसकेका छन् । यो संख्या अघिल्लो वर्ष ३० थियो ।
–––

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...