छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो



हाम्रो इकोनोमि

विश्वका विभिन्न देशमा हाल देखिएका चर्मरोग, पुराना रोग, रोग लाग्ने कारण, गर्मी ठाउँमा देखिएका रोग लगायतका विषयमा छलफल गर्दै छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार साँझ नारायणगढमा सम्पन्न भएको छ ।

सोसाइटी अफ डर्माटोलोजिस्ट भेनेरोलोजिस्ट लेप्रोलोजिस्ट अफ नेपालले आयोजना गरेको दुईदिने सम्मेलनमा मुख्य रूपमा उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा छलफल गरिएको थियो ।

सम्मेलन तयारी समितिका संयोजक डा शशी हिराचनका अनुसार चर्मरोग लाग्नुका कारण, तिनको निदान, हालको अवस्था लगायतका विषय सँगै उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा केन्द्रित भएको थियो । सम्मेलनमा पाकिस्तान, भारत, माल्दिभ्स, स्विट्जरल्याण्डसहित नेपालका २०० चिकित्सकको सहभागिता थियो ।

सम्मेलनमा गर्मी हावापानीमा देखिने छालाका समस्या र समाधानका प्रयास तथा नयाँ नयाँ प्रविधिका बारेमा छलफलसँगै कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागी करीव ३५ जना वरिष्ठ छाला रोग विशेषज्ञले छाला रोगको उपचारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा छालाका रोग पहिचान र निदानमा भएका काम तथा योजनाका बारेमा कार्यपत्र तथा सोध पत्रहरू प्रस्तुत गरेको वरिष्ठ छाला रोग विशेषज्ञ डा अचुत पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...