छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो



हाम्रो इकोनोमि

विश्वका विभिन्न देशमा हाल देखिएका चर्मरोग, पुराना रोग, रोग लाग्ने कारण, गर्मी ठाउँमा देखिएका रोग लगायतका विषयमा छलफल गर्दै छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार साँझ नारायणगढमा सम्पन्न भएको छ ।

सोसाइटी अफ डर्माटोलोजिस्ट भेनेरोलोजिस्ट लेप्रोलोजिस्ट अफ नेपालले आयोजना गरेको दुईदिने सम्मेलनमा मुख्य रूपमा उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा छलफल गरिएको थियो ।

सम्मेलन तयारी समितिका संयोजक डा शशी हिराचनका अनुसार चर्मरोग लाग्नुका कारण, तिनको निदान, हालको अवस्था लगायतका विषय सँगै उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा केन्द्रित भएको थियो । सम्मेलनमा पाकिस्तान, भारत, माल्दिभ्स, स्विट्जरल्याण्डसहित नेपालका २०० चिकित्सकको सहभागिता थियो ।

सम्मेलनमा गर्मी हावापानीमा देखिने छालाका समस्या र समाधानका प्रयास तथा नयाँ नयाँ प्रविधिका बारेमा छलफलसँगै कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागी करीव ३५ जना वरिष्ठ छाला रोग विशेषज्ञले छाला रोगको उपचारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा छालाका रोग पहिचान र निदानमा भएका काम तथा योजनाका बारेमा कार्यपत्र तथा सोध पत्रहरू प्रस्तुत गरेको वरिष्ठ छाला रोग विशेषज्ञ डा अचुत पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...