त्रिशूलीदेवी मन्दिर खुला



हाम्रो इकोनोमि

चैते दशैँ र रामनवमीका अवसरमा आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूलीदेवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

प्रत्येक वर्ष असोज र चैतको दशैँका बेला गरी दुई पटक मात्रै खोलिने गरेको सो मन्दिर आज एकाबिहानै चैतेदशैँ र रामनवमीका अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर अरु बेला खोलिँदैन भने उनको प्रतिमा वर्षभरी कसैले हेर्न वा छुन पाउँदैनन् । असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ ।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूलीदेवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतका सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । ती ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजाराँैं भक्तजन आउने गरेका छन् । त्रिशूली मन्दिरमा दर्शन गर्नाले भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...