ओली सरकारले सर्बेन्द्र खनाल र शैलेन्द्र खनाललाई हान्ने भयो किक,प्रहरी र सशस्त्र यी चाही हुने भए आईजीपी



हाम्रो इकोनोमि

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिँदै जाँदा सम्भावित आइजीपीका बारेमा व्यापक चर्चा सुरु भएको छ । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ यही चैत २८ मा नेतृत्वबाट विदा हुँदैछन् ।

आईजीपी अर्याल उनी विशेष परिस्थितिमा महानिरीक्षकको जिम्मेवारीमा आएका थिए भने श्रेष्ठ सहजै आईजीपी बनेका थिए । अर्याल र श्रेष्ठको अवकाशपछि देशभरी संगठन सञ्जाल भएको पुरानो संगठनको नेतृत्वमा को आउला भनि चासो र चर्चा हुनु अस्वाभाविक पनि मानिँदैन ।

तर नेपाल प्रहरीको नेतृत्व परिवर्तनको समयमा विगतमा हुनेगरेका राजनीतिक दाउपेचले भने यो संगठनले व्यावसायिक कौशल भएका अधिकृतहरुलाई पाखा पार्दै आएको अनुभव सुनाउँछन् उच्च तहकै प्रहरी अधिकारीहरु ।

तर, स्रोतका अनुसार सरकारले दुवै सुरक्षा संगठनका भावी आईजीपीको नाम टुंगो लगाएको छ । नेपाल प्रहरीमा रमेश खरेल र सशस्त्र प्रहरीमा पुष्पराम केसीको नाम टुंगो लगाएको हो । आगामी हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले खरेल र केसीको नाम सिफारिस गर्ने सरकारको तयारी रहेको उच्च स्रोत बताउँछ ।

बरियाताका अनुसार नेपाल प्रहरीका रमेश खरेल दोस्रो नम्बरमा थिए भने पहिलो नम्बरमा डिआईजी सर्वेन्द्र खनाल रहेका थिए । त्यस्तै तेस्रोमा डिआईजी पुष्कर काकी थिए ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...