ओली सरकारले सर्बेन्द्र खनाल र शैलेन्द्र खनाललाई हान्ने भयो किक,प्रहरी र सशस्त्र यी चाही हुने भए आईजीपी



नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिँदै जाँदा सम्भावित आइजीपीका बारेमा व्यापक चर्चा सुरु भएको छ । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ यही चैत २८ मा नेतृत्वबाट विदा हुँदैछन् ।

आईजीपी अर्याल उनी विशेष परिस्थितिमा महानिरीक्षकको जिम्मेवारीमा आएका थिए भने श्रेष्ठ सहजै आईजीपी बनेका थिए । अर्याल र श्रेष्ठको अवकाशपछि देशभरी संगठन सञ्जाल भएको पुरानो संगठनको नेतृत्वमा को आउला भनि चासो र चर्चा हुनु अस्वाभाविक पनि मानिँदैन ।

तर नेपाल प्रहरीको नेतृत्व परिवर्तनको समयमा विगतमा हुनेगरेका राजनीतिक दाउपेचले भने यो संगठनले व्यावसायिक कौशल भएका अधिकृतहरुलाई पाखा पार्दै आएको अनुभव सुनाउँछन् उच्च तहकै प्रहरी अधिकारीहरु ।

तर, स्रोतका अनुसार सरकारले दुवै सुरक्षा संगठनका भावी आईजीपीको नाम टुंगो लगाएको छ । नेपाल प्रहरीमा रमेश खरेल र सशस्त्र प्रहरीमा पुष्पराम केसीको नाम टुंगो लगाएको हो । आगामी हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले खरेल र केसीको नाम सिफारिस गर्ने सरकारको तयारी रहेको उच्च स्रोत बताउँछ ।

बरियाताका अनुसार नेपाल प्रहरीका रमेश खरेल दोस्रो नम्बरमा थिए भने पहिलो नम्बरमा डिआईजी सर्वेन्द्र खनाल रहेका थिए । त्यस्तै तेस्रोमा डिआईजी पुष्कर काकी थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्