माओवादी मन्त्रीकाे इञ्चार्ज पद खाेसियाे,बैसाख १० गते पार्टी एकता नहुने,माओबादीले १५ गते बोलायो बैठक



हाम्रो इकोनोमि

माओवादी केन्द्रकाे शनिबार बसेकाे हेडक्वाटर बैठकले प्रदेश इञ्चार्ज हेरफेर गरेको छ। शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले पाँचवटा प्रदेशका इञ्चार्ज हेरफेर गरेको हो।

प्रदेश इन्चार्जकाे हैसियतमा हुँदा मन्त्री बनेकालाइ माअाेवादीले जिम्मेवारीबाट हटाएकाे हाे। माअाेवादी बैठकले दुइ वटा प्रदेशका इन्चार्ज यथावत राख्ने निर्णय गरेकाे छ।

प्रदेश एकमा राम कार्की इञ्चार्ज तोकिएका छन्। यसअघिका इञ्चार्ज गोपाल किराँतीले पार्टी परित्याग गरेपछि उनको ठाउँमा कार्कीलाई ल्याइएको हो। यस्तै, प्रदेश दुईमा विश्वनाथ शाह इञ्चार्ज तोकिएका छन्। यसअघि प्रदेश दुइमा मातृका यादव संयोजक थिए। उनी उद्याेगमन्त्री बनेपछि शाहलाइ इन्चार्ज ताेकिएकाे हाे।

त्यस्तै प्रदेश तीन इन्चार्जमा हितमान शाक्यलाइ यथावत राखिएकाे छ। उनी काठमाडाैं १० बाट चुनामा पराजित भएका थिए। पाँच नम्बर प्रदेशमा वर्षमान पुनको ठाउँमा मणि थापा इञ्चार्ज ताेकिएका छन्। पुन उर्जामन्त्री भइसकेका छन्।

प्रदेश ६ मा पनि इञ्चार्ज हेरफेर गरिएको छ। उक्त प्रदेशमा शक्ति बस्नेतका ठाउँमा जनार्दन शर्मालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। बस्नेत वन तथा वातावरण मन्त्री भएका छन्। सात नम्बर प्रदेशमा लेखराज भट्टलाई नै निरन्तरता दिइएको छ।

बैठकले पार्टी एकताको तयारीका लागि बैशाख १५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘पार्टी एकता तयारीका लागि १५ गते बैठक बोलाउने निर्णय भएको छ’, उनले भने। श्रेष्ठले दुईवटै कार्यदलले दुई दिनभित्र एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...