वडाध्यक्षले यसरी पाए उपमेयरको धोबी धुलाई,स्कुलको खेल मैदानमा यस्तो भयो लफडाको खेलाई



हाम्रो इकोनोमि

वडा अध्यक्ष र सदस्यमाथि कुटपिट भएकाे छ । सुनसरीको दुहबीनगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले उनीहरूकाे धुलाइ गरेकी हुन् । न्यायिक समितिकाे संयोजक समेतकाे जिम्मेवारी पाएकी दाहाल साह दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई आफैले कुटपिट गरेकी छन् ।

५ नम्बर वडाकाे सरस्वती उच्चमाबि खेल मैदानको निर्माण अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै रामधुलाइ भएको हाे । खेल मैदान निर्माण सम्पन्न पश्चात अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षले माग गरेका थिए ।

त्यही विषयमा सामान्य विवाद भएपछि उपमेयर साहले आफनो श्रीमान सुनिल साह बोलाइन् र वडाअध्यक्षलाई कुटिन् । वडा सदस्य तामाङले चाडो रकम निकाशाका लागि आग्रह गर्दा उपमेयर साहले कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालेको बताए । अभद्र व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको उनको दाबी छ ।

निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम समेत रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए । आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ । कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ गरे । कुटपिटपछि सहमति भएकाे छैन् ।

कुटपिटको भिडियो सार्वजनिक भएपछि जनप्रतिनिधिले हातहाल्नु गलत भएकाे स्थानीयले बताएका छन् । यस घटनामा उपमेयर भने चुपचाप बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...