वडाध्यक्षले यसरी पाए उपमेयरको धोबी धुलाई,स्कुलको खेल मैदानमा यस्तो भयो लफडाको खेलाई



हाम्रो इकोनोमि

वडा अध्यक्ष र सदस्यमाथि कुटपिट भएकाे छ । सुनसरीको दुहबीनगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले उनीहरूकाे धुलाइ गरेकी हुन् । न्यायिक समितिकाे संयोजक समेतकाे जिम्मेवारी पाएकी दाहाल साह दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई आफैले कुटपिट गरेकी छन् ।

५ नम्बर वडाकाे सरस्वती उच्चमाबि खेल मैदानको निर्माण अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै रामधुलाइ भएको हाे । खेल मैदान निर्माण सम्पन्न पश्चात अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षले माग गरेका थिए ।

त्यही विषयमा सामान्य विवाद भएपछि उपमेयर साहले आफनो श्रीमान सुनिल साह बोलाइन् र वडाअध्यक्षलाई कुटिन् । वडा सदस्य तामाङले चाडो रकम निकाशाका लागि आग्रह गर्दा उपमेयर साहले कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालेको बताए । अभद्र व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको उनको दाबी छ ।

निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम समेत रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए । आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ । कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ गरे । कुटपिटपछि सहमति भएकाे छैन् ।

कुटपिटको भिडियो सार्वजनिक भएपछि जनप्रतिनिधिले हातहाल्नु गलत भएकाे स्थानीयले बताएका छन् । यस घटनामा उपमेयर भने चुपचाप बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...