सिंहदरवार चोरको अखडामा यसरी भयो परिणत,दाजुभाईले चप्काए मन्त्रालयको सुपर स्प्लेण्डर बाइक



हाम्रो इकोनोमि

चौविसै घण्टा सुरक्षाकर्मीहरुको पहरामा रहने सिंहदरवारभित्रैबाट कहिले गाडिको पाङ्ग्रा हराउने त कहिले मोटरसाइकल नै चोरी हुने घटनाक्रम देखिन थालेको छ ।
केही दिन अगाडि मात्र स्थानीय विकास मन्त्रालयका गाडि चालकले गाडिको टायर नै चोरे ।

ठीक उही शैलीमा फेरि पनि चोरि भएको छ मोटरसाइकल । थममाया थापाले सम्हालेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कार्यालय सहयोगी रमेश सुनारले पार्किङ गरेर राखिएको ठाँउबाटै चोरी गरेको रहष्य खुलेको हो ।

त्यहाँ गत चैत्र १ गते बा १ ब ९९१३ नंं.को सेतो प्लेटको सुपर स्प्लेण्डर सरकारी मोटरसाईकल स्टोर किपरको कार्यालय अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको हो ।
सिंहदरवार प्रहरी वृत्तमा यो विषयमा उजुरी परेसँगै त्यहाँका डिएसपी अपिल बोहराले अनुसन्धान तिव्र पारे ।

अनुसन्धानकै क्रममा मन्त्रालयका कार्यालय सहयोगी ३२ बर्षिया रमेश सुनारलाई केरकार गर्दा उनले त्यहाँबाट बाइक चोरी गरि आफ्नै भाई दिनेश सुनारलाई दिएको ओकले ।
चितवन टाँडी घर भई हाल पुल्चोकमा बस्दै आएका सुनारका दाजुभाई नै यही केशमा अहिले प्रहरीको चिसो खोरमा जाकिएका छन् । उनीहरुलाई मोटरसाइकल चोरी भएको ६ दिन पछाडि सिंहदरबार प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...