सिंहदरवार चोरको अखडामा यसरी भयो परिणत,दाजुभाईले चप्काए मन्त्रालयको सुपर स्प्लेण्डर बाइक



हाम्रो इकोनोमि

चौविसै घण्टा सुरक्षाकर्मीहरुको पहरामा रहने सिंहदरवारभित्रैबाट कहिले गाडिको पाङ्ग्रा हराउने त कहिले मोटरसाइकल नै चोरी हुने घटनाक्रम देखिन थालेको छ ।
केही दिन अगाडि मात्र स्थानीय विकास मन्त्रालयका गाडि चालकले गाडिको टायर नै चोरे ।

ठीक उही शैलीमा फेरि पनि चोरि भएको छ मोटरसाइकल । थममाया थापाले सम्हालेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कार्यालय सहयोगी रमेश सुनारले पार्किङ गरेर राखिएको ठाँउबाटै चोरी गरेको रहष्य खुलेको हो ।

त्यहाँ गत चैत्र १ गते बा १ ब ९९१३ नंं.को सेतो प्लेटको सुपर स्प्लेण्डर सरकारी मोटरसाईकल स्टोर किपरको कार्यालय अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको हो ।
सिंहदरवार प्रहरी वृत्तमा यो विषयमा उजुरी परेसँगै त्यहाँका डिएसपी अपिल बोहराले अनुसन्धान तिव्र पारे ।

अनुसन्धानकै क्रममा मन्त्रालयका कार्यालय सहयोगी ३२ बर्षिया रमेश सुनारलाई केरकार गर्दा उनले त्यहाँबाट बाइक चोरी गरि आफ्नै भाई दिनेश सुनारलाई दिएको ओकले ।
चितवन टाँडी घर भई हाल पुल्चोकमा बस्दै आएका सुनारका दाजुभाई नै यही केशमा अहिले प्रहरीको चिसो खोरमा जाकिएका छन् । उनीहरुलाई मोटरसाइकल चोरी भएको ६ दिन पछाडि सिंहदरबार प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...