बाबुको घाटी, टाउको र हातलाई अचानो बनाएर छोराले हाने खुकुरी,सख्त घाइते बाबुलाई हेलीकप्टरबाट काठमाडौँ ल्याईयो



हाम्रो इकोनोमि

ओखलढुगांमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । ओखलढुङ्गा सिजिदेम्बा गाउँपालिका–४ मा घरायसी विवाद हुँदा २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले ५६ वर्षीया आफ्नै बाबु गोमानसिङ सुनुवार लाई खुकुरी प्रहार गरेको हो ।

छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । गोमानसिङको घाटी, टाउको र हातमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई अचेत अवस्थामा शुक्रवारै हेलीकप्टरबाट काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खिजिदेम्बाका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो । खुकुरी हान्ने छोरा जिबनकुमार सुनुवारलाई शुक्रवारै इलाका प्रहरी कार्यालय खिजिदेम्बाले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...