बाबुको घाटी, टाउको र हातलाई अचानो बनाएर छोराले हाने खुकुरी,सख्त घाइते बाबुलाई हेलीकप्टरबाट काठमाडौँ ल्याईयो



हाम्रो इकोनोमि

ओखलढुगांमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । ओखलढुङ्गा सिजिदेम्बा गाउँपालिका–४ मा घरायसी विवाद हुँदा २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले ५६ वर्षीया आफ्नै बाबु गोमानसिङ सुनुवार लाई खुकुरी प्रहार गरेको हो ।

छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । गोमानसिङको घाटी, टाउको र हातमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई अचेत अवस्थामा शुक्रवारै हेलीकप्टरबाट काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खिजिदेम्बाका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो । खुकुरी हान्ने छोरा जिबनकुमार सुनुवारलाई शुक्रवारै इलाका प्रहरी कार्यालय खिजिदेम्बाले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...