वुटवलको एक होटलमा झुण्डिएको अवस्थामा राधीकाको शव फेला, हत्या हुनसक्ने प्रहरीको आशंका



हाम्रो इकोनोमि

विवाहको १४औँ दिनसम्म नयाँ दाम्पत्य जीवन विताएका उनीहरु । १५औँ दिनको विहानपख विस्तारामा श्रीमानसँगै मुस्कुराउँदै उठेकी उनी केहीवेरपछि घरबाट निस्कन्छिन् । त्यहीँ विहानीको मुस्कान नै उनका श्रीमानका लागि अन्तिम मुस्कान बन्न पुग्छ । उनी अर्थात राधीका न्यौपाने । फागुन १६ गते । पाल्पाको पुर्वखोला गाउँपालिका–२ जलपाका  ३० बर्षीया झविलाल पाण्डेयसँग राधीकाको मागी विवाह भयो । वुटवलको गोलपार्क राधीकाको माईती घर । धुमधामसँग मागी विवाह भयो ।

तर, केही दिन अगाडि राधीका होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परिन् । वुटवलको दुर्गामन्दिर लाईनमा रहेको वुर्तिवाङ्ग होटलको कोठामा मृत फेला १९ वर्षीय राधीकाको मृत्य रहस्यमय बन्दैछ । घटनाले त्यतिबेला फरक मोड लिन्छ, जव होटलमा दर्ता गरिएको नाम फरक पर्छ । राधीकाले होटलमा आफ्नो वास्तविक नाम लेखाइनन् । श्रेया नेपालको नाममा होटलमा बसिन् । ठेगना पनि ढाँटेर तानसेन नगरपालिका–३ लेखाइन् ।विवाह भएको दिन देखि सम्वन्ध एकदमै सुमधुर रहेको  र दुवैजना फागुन २९ गते गोलपार्कस्थित ससुराली गएको पत्नी वियोगको पीडामा रहेका पाण्डेले बताए ।उनले भने ‘उनी र म विहान हाँशी खुशी उठ्यौँ, मेरो दिदी वुटवलमै रहेकोले म उहाँलाई भेट्न जान्छु भनेर निस्किएँ । म हिडेको केही वेरपछि उनले बैंक जान्छु भनेर बहिर निस्केकी रहेछिन् ।

पाण्डेयले थपे, ‘म दिदीकोबाट साँझ ससुराली मै आएँ । राधीका कहाँ छिन् भनेर सोध्धा त्यस्तो खवर पाएँ । अर्को दिन देखि फोन गर्दा कति वेला स्वीचअफ गर्ने त कति वेला केटा मान्छेले उठाउने गर्न थाल्यो ।  चौथो दिन चैत्र ३ गते साँझ एक्कासी वुर्तिवाङ्ग होटलको कोठामा मृत फेला परेको खवरले छाँगाबाट खसे जस्तो भइयो ।’

किन पुगिन धरान ?

बुटवलस्थित एक बैंकमा जान्छु भनेर हिडेकी न्यौपानेको झोलामा चैत्र २ गते विहान साढे पाँच वजे धरान जाने बसको टिकट भेटियो ।बुटवलकी मान्छे राधीकाले भर्खरै विवाह गरेका श्रीमानलाई जानकारी नदिई किन धरानको टिकट काटिन् ? अनुसन्धानको विषय बनेको छ ।

के उनी धरान पुगेर फर्किइन् ?

कतिपयले राधीका धरानको वसपार्कमा वेहोस भएर ढलेको र पछि टिकट काटेर बुटवल पठाएको पनि दावी गरेका छन् । बुुटवल ईलाका प्रहरी कार्यालयका अनुसार अनुसन्धानका क्रममा न्यौपानेले प्रयोग गर्दै आएको  फोन  अहिले पनि एक पुरुषले उठाउने गरेका छन् । सुरुमा ती पुरुषले नेपालगञ्ज छु भनेका थिए । पछि फोन गर्दा लमही छु भनेका थिए ।

यहाँबाट फेरि अर्को नयाँ घटना देखियो ।

धरान पुगेकी न्यौपानेको फोन कसरी पश्चिमतर्फ रहेका व्यक्तिले उठाए । के ती पुरुषले झुठ बोलिरहेका छन् ? प्रहरी अनुसन्धानमै छ । बुटवल ईलाका प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक भिमलाल भट्टराईले घटनावारे अनुसन्धान भैरहेको बताए ।

खुसुक्क किन मेडिकल गईन ?

विवाह भएको ६ दिन पछि राधीका आफु र घर परिवार कसैलाई नसोधी घर देखि धेरै तल रहेको एक मेडिकल पसल गएकी थिइन् । उनी किन मेडिकल पसल गएकी होलिन ? श्रीमान पाण्डेय स्मरण गरिरहेका छन् ।

‘त्यस दिन विहान मैले उनलाई केही कुरा सम्झाएँ । हामीले घर पनि बनाउन लागेका छौँ, घर बनाउँदा र विवाहको सालभरी सत्रु लाग्छन् भन्छन् । सजग हुनु । घर देखि कतै नजानु । घर बनाउने मान्छेसँग पनि नवोल्नु । आज तिमी खान पकाउनु, म स्कुल हिडेँ ।’ पाण्डेयले त्यसदिनको कुरा सम्झिए, ‘म हिडेको केहीवेर पछि उनी घरका  कसैलाई नसोधी हिडिछन् । छिमेकी दाजुले मलाई फोन गरेर भन्नु भयो, राधीका तिमीलाई सोधेर हिडेकी हुन् र घर छैनन् नि ? म दङ्ग परेँ । उनलाई फोन गरेर सोधेँ । उनले पेट दुखेर जचाउँन आएको भनिन् । म तुरन्तै उनलाई लिन गएँ । त्यहाँबाट तानसेनको एक मेडिकलमा ल्याएर जचाएँ । औषधी लिएर घर आयौँ । तर, अहिले थाह भयो उनले त्यो औषधी नै खाएको देखिन्न । म सोच्मग्न छ । केही आशंका जन्मियो ।’

पाल्पाकै निस्तेखोला गाउँपालिकाको श्रृष्टि प्राधामिक विद्यालयमा शिक्षक रहेका  उनका श्रीमान पाण्डेय भन्छन्, ‘के गर्ने छोरो मान्छे रुँदै हिड्न पनि नहँुने, सम्झिँदा भक्कानिन्छ मुटु । परिवार र छिमेकका मानिससमेत शोकाकुल छन् । अनेकन कुरा काट्ने जस्ता कुराहरुले थप पिडा थपेको छ । उनलाई जे तनाव थियो त्यो कुरा भनेको भए पनि हुन्थ्यो  । जे भएपनि उनले ज्यान फाल्नु हुँदैन्थ्यो ।’ रातोपाटीमा समाचार छ

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...