नेपालको पानी जहाजले मान्छे ओसार्ने र नेपालमै रेल कुदाउछु भन्दै ओलीले तोकीदिए यो मिती



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका छन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिने उनले बताए ।

शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘२ वर्षअघि मजाक उडाएका थिए । अब २ वर्षपछि ठट्टा गर्ने मान्छे को हुन् भेटिने छैनन् । किनभने रेल कुद्छ ।’

पानी जहाजको कुरा गर्दा कागजका डुंगा बनाएर प्रधानमन्त्री कार्यालय अगाडि बाल्टीमा पानी हालेर तमासा गरेको भन्दै प्रधानमन्त्री ओलीलेे भने, ‘हुनसक्छ अर्को साल नभए २०७५ साल नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान मान्छे बोकेर हिँड्छ हामी देखाउँछौं । रेकर्ड गरेर राखेहुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताए । सरकारले अब उद्यम विकासको लहर नै सिर्जना गर्ने उनको दाबी छ ।कार्यक्रममा उद्योगमन्त्री मातृका यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन कानुनको व्यवस्था गर्न लागिएको बताए ।

सरकारकै योजना अनुसार काठमाडांंैको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ । ३ सय भन्दा बढी स्वदेशी उत्पादनका स्टलहरु रहेको प्रर्दशनीमा करिव ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...