गुडिरहेको माइक्रोमाथि ढुंगा बजारियो,ड्राइभरले ऐया आत्था समेत भन्न पाएनन्



हाम्रो इकोनोमि

नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको परिचय खुलेको छैन । बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
दुर्घटनापछि केहीबेर अबरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सञ्चालनमा भएको छ । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ ।  फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...