सिहंदरवारका कर्मचारीले थाले सरसफाई अभियान



हाम्रो इकोनोमि
आज सिहंदरवारमा परिसरमा अनौठो दृष्य देखियो । कुर्सीमा बसेर फायल पल्टाउँदै कलम र कम्प्युटर चलाउने सिहंदरवारका कर्मचारी सिहंदरवार परिसरमा झाडु लगाईरहेका थिए । सरसफाई गरिरहेका कर्मचारीको नेतृत्व गरिरहेका थिए मुख्य सचिव लोक दर्शन रेग्मीले । सरसफाईमा जुटेका कर्मचारीको लहरमा प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल पनि झाडु लगाईरहेका देखिन्थे । रिमाल भन्दै थिए , यो सरसफाई अभियान नरोकियोस् है , यो अभियान निरन्तर चलोस । सिहंदरवार सरसफाई तथा हरियाली प्रवर्धन गर्ने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमासिहंदरवारमा सरसफाई अभियान थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत गोपाल प्रसाद दाहालले बताए । सरसफाईमा करिव तीन सय कर्मचारी सहभागी थिए । प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको पुरानो भवनबाट सुरु गरिएको सरसफाई , राष्ट्यि पुननिर्माण प्राधिकरण कार्यालयको परिसर , सामान्य प्रशासन मन्त्रालयको परिसर , सडक किनार , नाला र बगैँचाहरु ह्ुँदै अहिले रहेको प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालय परिसर सरसफाई गरेर टुगिंएको थियो । सिहंदरवार सरसफाई तथा हरियाली प्रवर्धन अभियान अन्तर्गत सिहंदरवार परिसरमा थन्किएका थोत्रा पुराना सवारी , पुराना घर टहरा हटाएर सिहंदरवारलाई हरियाली बनाउने तथा सिहंदरवार परिसरमा रहेका बगैँचाहरुलाई ब्यवस्थित बनाईने पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारीक ट्रेड युनियनका अध्यक्ष समेत रहेका शाखा अधिकृत दाहालले बताए । भने , सिहंदरवारमा छाडा छोडिएका कुकुरहरुलाई पनि तत्काल ब्यवस्थापन गछौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले आयोजना गरेको यस सरसफाई अभियानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय , राष्ट्यि पुननिर्माण प्राधिकरण , सिहंदरवार सुरक्षामा रहेका नेपाली सेना , नेपाल प्रहरी र कर्मचारीहरुको आधिकारीक ट्रेड युनिका केन्द्रिय अध्यक्ष पुण्य ढकाल सहित पदाधिकारीहरुको पनि सहभागिता थियो । प्रधानमन्त्रीको निर्देशन बमोजिम सरसफाई तथा हरियाली प्रवर्धन अभियान सञ्चालन गर्न देशै भरीका सरकारी निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...