ओली सरकारका लालबाबु मन्त्रीलाई ओली निकटकै कर्मचारीका अध्यक्ष ढकालले दिए यस्तो धम्की



हाम्रो इकोनोमि

आधिकारिक ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनहरूका नेताहरूले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन्।

साक्षात्कारमा बोल्दै उनले भने,‘पछिल्लो समयमा उनले जुन रूपमा कर्मचारीहरू माथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरू खटाइएको स्थानमा गइसकेका छन्।’

केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगएको भएपनि अधिकांश कर्मचारीहरू खटाइएको स्थानमा गएर काम गरिरेहेका उनको जिकिर थियो। उनले थपे,‘खटाइएका स्थानमा पुगेर कर्मचारीहरूले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैनन्, यी लगायत यावत समस्याहरू हामीले सुन्नुपरेको छ।’ ढकाल प्रधानमन्त्री केपी ओली निकटका कर्मचारी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...