ओली सरकारका लालबाबु मन्त्रीलाई ओली निकटकै कर्मचारीका अध्यक्ष ढकालले दिए यस्तो धम्की



हाम्रो इकोनोमि

आधिकारिक ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनहरूका नेताहरूले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन्।

साक्षात्कारमा बोल्दै उनले भने,‘पछिल्लो समयमा उनले जुन रूपमा कर्मचारीहरू माथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरू खटाइएको स्थानमा गइसकेका छन्।’

केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगएको भएपनि अधिकांश कर्मचारीहरू खटाइएको स्थानमा गएर काम गरिरेहेका उनको जिकिर थियो। उनले थपे,‘खटाइएका स्थानमा पुगेर कर्मचारीहरूले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैनन्, यी लगायत यावत समस्याहरू हामीले सुन्नुपरेको छ।’ ढकाल प्रधानमन्त्री केपी ओली निकटका कर्मचारी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...