दुबई पठाउने भन्दै ३५ जना बाट ३५ लाख ठगेर मेनपावर संचालक फरार



हाम्रो इकोनोमि

आकर्षक रोजगारीको प्रलोभनमा बैदेशिक रोजगारमा दुबई पठाउने नाममा एसकेसी ओभरसिजले ३५ जनाबाट जनही एक लाखका दरले पैसा उठाएर ठगी गरेको तथ्य फेला परेको छ। सुरक्षा गार्डमा पठाउने बिज्ञापन गरेर सर्बसाधारणलाई उक्त मेनपावरले तीन महिना अगाडी पैसा असुलेर अहिलेसम्म दुबई पठाएको छैन।तीन लाख रुपैया लाग्ने र बैना बापत एक लाख रुपैया तिर्नु पर्ने र दुई हप्तामा पठाउने भने पनि पिडित न बैदेशिक रोजगारमा गएका छन् न त बैना बापत तिरेको एक लाख रुपैया फिर्ता पाएका छन्।

पिडित सुनिल लामाले भने- बैदेशिक रोजगार बिभागले समेत बेवास्ता गरेकोले आफु झन् पीडामा परेको बताए।दुई हप्तामा उडाउने भनेर मेडिकल समेत गरेर तयार बसेका लामा यतिबेला फसेको १ लाख उठाउन बिहान देखी बेलुका सम्म भौतारीरहेका छन्। गोंगबुमा रहेको कार्यालय बन्द गरेर संचालक लाल बहादुर मल्ल बेपत्ता भएका छन्। मेनपावरको छाप हानेको साधा कागजमा १ लाख बुझीलिएको चीट दिएर उक्त मेनपावरले ठगी गरेको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...