दुबई पठाउने भन्दै ३५ जना बाट ३५ लाख ठगेर मेनपावर संचालक फरार



हाम्रो इकोनोमि

आकर्षक रोजगारीको प्रलोभनमा बैदेशिक रोजगारमा दुबई पठाउने नाममा एसकेसी ओभरसिजले ३५ जनाबाट जनही एक लाखका दरले पैसा उठाएर ठगी गरेको तथ्य फेला परेको छ। सुरक्षा गार्डमा पठाउने बिज्ञापन गरेर सर्बसाधारणलाई उक्त मेनपावरले तीन महिना अगाडी पैसा असुलेर अहिलेसम्म दुबई पठाएको छैन।तीन लाख रुपैया लाग्ने र बैना बापत एक लाख रुपैया तिर्नु पर्ने र दुई हप्तामा पठाउने भने पनि पिडित न बैदेशिक रोजगारमा गएका छन् न त बैना बापत तिरेको एक लाख रुपैया फिर्ता पाएका छन्।

पिडित सुनिल लामाले भने- बैदेशिक रोजगार बिभागले समेत बेवास्ता गरेकोले आफु झन् पीडामा परेको बताए।दुई हप्तामा उडाउने भनेर मेडिकल समेत गरेर तयार बसेका लामा यतिबेला फसेको १ लाख उठाउन बिहान देखी बेलुका सम्म भौतारीरहेका छन्। गोंगबुमा रहेको कार्यालय बन्द गरेर संचालक लाल बहादुर मल्ल बेपत्ता भएका छन्। मेनपावरको छाप हानेको साधा कागजमा १ लाख बुझीलिएको चीट दिएर उक्त मेनपावरले ठगी गरेको हो।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...