सुशील कोइरालाका भाइ रहेनन्



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाइ कांग्रेस बाँकेका नेता विजयकुमार कोइरालाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर- १० निवासी ७४ वर्षीय कोइरालाको निधन भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तlमा जनाइएको छ। उनको निधनप्रति कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। कोइरालाले नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले कोइरालाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।

स्वर्गीय विजय कोइराला कांग्रेस बाँकेका पूर्वसभापति स्वर्गीय डा. अरुणकुमार कोइरालाका सहोदर भाइ हुन्। नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय बोधप्रसाद कोइरालाका छोरा विजयकुमारको नेपालगन्जस्थित निवासलाई नै कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले स्थायी निवास बनाएका थिए। अविवाहित सुशील कोइरालाको सादगी र स्वच्छ छवि निर्माण गर्नुमा सुशीलको भाइ विजयको पारिवारिक वातावरणले पनि भूमिका रहेको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...