सुशील कोइरालाका भाइ रहेनन्



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाइ कांग्रेस बाँकेका नेता विजयकुमार कोइरालाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर- १० निवासी ७४ वर्षीय कोइरालाको निधन भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तlमा जनाइएको छ। उनको निधनप्रति कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। कोइरालाले नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले कोइरालाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।

स्वर्गीय विजय कोइराला कांग्रेस बाँकेका पूर्वसभापति स्वर्गीय डा. अरुणकुमार कोइरालाका सहोदर भाइ हुन्। नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय बोधप्रसाद कोइरालाका छोरा विजयकुमारको नेपालगन्जस्थित निवासलाई नै कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले स्थायी निवास बनाएका थिए। अविवाहित सुशील कोइरालाको सादगी र स्वच्छ छवि निर्माण गर्नुमा सुशीलको भाइ विजयको पारिवारिक वातावरणले पनि भूमिका रहेको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...