कम्पनी रजिष्टार्ड कार्यालयभित्रै कर्मचारीले चलाए जुवाको खाल,श्रममन्त्रीले १६ कर्मचारीलाई यसरी हाने झापड



संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खराब कर्मचारीहरुलाई ठेगान लगाउने बताइरहँदा कर्मचारीहरु भने कार्यालयमै जुवा खेलेर समय बिताउन थालेका छन् ।
यातायात,मालपोत,कम्पनी रजिष्टार्ड कार्यालयका केही कर्मचारीहरु जुवा खेलेर समय बिताउन थालेको उजुरी नेपाल प्रहरीमा परेपछि उस्ले तत्कालै एक्सन लियो । कालिकाटि प्रहरी वृत्तबाट खटिएका केही प्रहरी त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार कार्यालयमा पुगे । त्यहाँ जुवाको खाल चलिरहेको थियो ।
रंगेहात १० जना कर्मचारी पक्राउ परे। महानगरीय प्रहरी वृत्त कालिमाटीले कार्यालयबाट १ बुक ताससहित १० जनालाई ४७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा धर्मराज मगर, चित्रबहादुर मगर, रबिन्द्र थापा, रेवती कुमारी कार्की, प्रदीप कार्की, सन्तोष थापा, कृष्ण तामाङ, राजु मगर, सुनिल कार्की, हरिबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्क्राउ परेकामध्ये केही कर्मचारी समेत छन्। उनीहरुले तासको बाजी खेलेका थिए।

त्यस्तै जडिबुटीबाट पनि प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ। प्रेम श्रेष्ठको घरमा जुवा खेरिहेका व्यक्तिहरुलाई ६ बुक तास र ३६ हजार ७ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विजय नगरकोटी, सरोज श्रेष्ठ, सुजन खड्का, प्रकाश तामाङ र मिलन मोक्तान लगायतका छन् ।
केही दिन अगाडि मात्र प्रधानमन्त्री कार्यालय अगाडि नै लुडो खेलिरहेको कर्मचारीहरु समेत भेटिएको थियो ।

यता श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको पाइएपछि बिष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कुनै कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम मन्त्रालयले काजमा राखेको थियो ।

यसमा सामान्यले पटक-पटक असन्तुष्टी जनाएको थियो । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । तर, केही कर्मचारी विभागबाट अन्त जानै मानेका थिएनन् ।

खटाएको स्थानीय तहमा अनिवार्य रुपमा जानुपरेमा अटेर गरी रमानापत्र समेत नुबुझी कर्मचारीलाई श्रम मन्त्रालयले काजमा तानेर सामान्य प्रशासनको अधिकारमाथि नै चुनौती दिएको थियो । नियमतः सामान्य प्रशासनले सरुवा गरेको कर्मचारीलाई अर्को मन्त्रालयले काजमा राख्न पाउँदैन ।

दरबन्दीविना नै बसेपछि कम्प्युटर अधिकृतद्वय डम्बरबहादुर विश्वकर्मा र भवानी थपलिया तथा नायब सुब्बा लोकेन्द्रबहादुर रावल र कुमारबहादुर कटवाल, रबिन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगी र कार्यालय सहयोगीद्वय रञ्जु दाहाल र तुल्सीमान मर्हजनले तलबविना नै काम गरिरहेका छन् ।

श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गर्छ । श्रम स्वीकृतिदेखि एयरपोर्ट सेटिङसम्म यहाँका कर्मचारीको सन्जाल रहेको छ । त्यसैले यो कार्यालयमा आफू अनुकुलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीहरुको रुची हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी