पाकेटमार पोई छुटाउन ३ लाख २४ हजार प्रहरीलाई घुस दिने श्रीमती यसरी मध्यरातमा खोरमा जाकिइन्



हाम्रो इकोनोमि

सार्वजनिक यातायातमा पकेटमारी गर्दागर्दै पक्राउ परेका आरोपी छुटाउन प्रहरीलाई ३ लाख २४ हजार घुस दिने महिला थुनामा पुगेकी छन्। महानगरीय प्रहरी वृत्त गौशालाले बुधबार साँझको ८ बजे नियन्त्राणमा लिएका श्रीमान छुटाउन राति १२ बजे घुस रकमसहित प्रहरी कार्यालयमा पुगेकी श्रीमतीलाई नियन्त्रणमा लिएर कारबाही थालेको हो।

बुधबार कोटेश्वरबाट चावहिल तर्फ जाँदै गरेका सरोज कार्कीले बोकेको ७५ हजार पकेटमारी गर्दागर्दै काभ्रे धुलिखेलका विवेक लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वृत्तले साँझको घटना भएकाले लामालाई हिरासतमा राखेर बिहीबार थप अनुसन्धान अघि बढाउने तयारी गर्दै थियो।

तर पटके रहेका श्रीमानका विषयमा जानकारी रहेकी पत्नी शर्मिला तामाङले राति नै रिहा गराउन प्रहरीसँग सम्पर्क गरेकी थिइन। उनले बारम्बार प्रहरीलाई रकमको प्रलोभन दिएपछि वृत्तका प्रमुख डिएसपी अनुपम श्रेष्ठले उनलाई समेत पक्राउ गर्न निर्देशन दिएका थिए।

श्रीमानलाई अदालतमा म्याद थपिनु अघि नै रिहा गराउन ३ लाख २४ हजारसहित मध्यरातमा गौशाला पुगेकी शर्मिला समेत पक्राउ परेकी हुन।

‘प्रहरी अधिकारीलाई घुस रकम दिएर हिरासतमा रहेका श्रीमान छुटाउने र प्रहरीलाई समेत फसाउने योजना रहेछ, मातहतकाले जानकारी दिएपछि उनलाई समेत नियन्त्रणमा लिएर कारबाही थालेका छौं,’ डिएसपी अनुपम श्रेष्ठले भने।

वृत्तको अनुसन्धानमा विवेकसहितको समूह लामो समयदेखि सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न रहेको खुलेको छ। प्रहरीले समूहका अन्य व्यक्तिको खोजी तीव्र बनाएको छ।

तर, परिस्थिति यस्तो बन्यो कि प्रहरी जवानले एक्लै ३ लाख २४ हजार रुपैयाँ पचाउने हिम्मत गरेनन्। घटना माथिल्लो तहमा ‘ब्रिफ’ भयो। त्यहीबाट घुसको प्रकरणमा ट्विस्ट आयो।

योजना अनुसार नै प्रहरी जवान टिमसहित राति गौशालाको वनकाली पुगे। पति समातिएको ४ घन्टाभित्रै सर्मिला पैसासहित आइपुगेकी थिइन्। पैसा दिनासाथ उनी नै फन्दामा परिन्।

पकेटमार लामा यसअघि पनि पटक-पटक चोरीको अभियोगमा परेका थिए। एसएपी पोखरेलको शब्दमा, ‘लामा भिआइपी पकेटमार’ हुन्। ‘लुटेको धनले विलासी जीवनयापन गर्दै आएका रहेछन्। उनको आफ्नै गाडीसमेत रहेछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...