मन्त्री नबनाए उपेन्द्रलाई रेणुले सनासोले च्याप्छु भने पछी भयो हंगामा,ओली समेतलाई पर्यो यस्तो असर



हाम्रो इकोनोमि

मन्त्री बन्न नेताहरूले केसम्म गर्न भ्याउँछन् भन्ने उदाहरण रेणु यादवले दिएकी छिन् । संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष यादवले मन्त्री बन्नका लागि गुट सिर्जना गरेर बखेडा गरेको रहस्य बाहिर आएको छ ।
यसअघि पटक–पटक मन्त्री बनेर लाभको पद लिइसकेकी यादवले मन्त्री नबनाए जे पनि गर्ने भनेर अध्यक्ष उपेन्द्र यादवलाई धम्की दिएको उच्च स्रोतले जनाएको छ । ‘अध्यक्ष उपेन्द्र यादवविरुद्ध रेणु यादव खुलेर मोर्चाबन्दी गर्नुभएको छ’, एक पदाधिकारीले भने,‘उहाँले अध्यक्ष यादवका हरेक गतिविधीलाई नियाल्न सुराकी पनि प्रयोग गर्नुभएको छ ।’

स्रोतका अनुसार उपाध्यक्ष यादवले नेवाः प्रदेशका सदस्य सन्तोष सिलवाललाई प्रयोग गरेकी छिन् । त्यति मात्रै होइन नेतृ यादवले उपेन्द्र यादवका चालक रमाकान्त साहलाई पनि आफ्नो बसमा पारेको स्रोतको दाबी छ ।

सिलवाल र साहमार्फत अध्यक्ष यादवको सूचना लिएर सोहीअनुसारको नेतृ यादवले रणनीति बनाउँदै आएकी छिन् । ‘मलाई मन्त्री नबनाउने हो भने जे पनि गर्छु’, उपाध्यक्ष यादवको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘म जस्तो सक्षम नेतृलाई मन्त्री बनाउनु पर्छ । होइन भने उपेन्द्र यादवको बेहाल बनाउँछु ।’

संघीय फोरममा गुट चलाएर बसेकी उपाध्यक्ष यादवका गतिविधीबाट अध्यक्ष यादव आजित बनेका छन् । रेणुको पछिल्लो गतिविधिका कारण प्रधानमन्त्री केपी ओलीसँग वार्ता र सम्वाद गरेर सरकारमा सहभागी हुन अन्तिम तयारी गरिरहेका अध्यक्ष यादव समस्यामा परेका छन् । यादव रेणुलाई मन्त्री नबनाउने अबस्था सिर्जना भए पछी मात्र ओली सरकारमा जाने र त्यसको जानकारी केपीलाई उपेन्द्रले गराईसकेको श्रोतको भनाई छ। रेणुलाई रोक्नकै लागी उपेन्द्रले ओली संग कुरा नमिलेको नाटक गरेको श्रोतको भनाई छ।

यतिबेला उपेन्द्रलाई ‘आफू त महादेव उत्तानो पर, कसले देला वर’ झै भएको छ । ओली र यादवबीच लिखित सहमति हुन मात्रै बाँकी छ ।तर, सहमतिलाई भाँड्ने गरेर नेतृ यादवले गतिविधी गरेपछि संघीय फोरमका नेताहरू आक्रोशित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका सांसदलाई मात्रै मन्त्री बनाउने भित्री तयारी गरेका छन् । अध्यक्ष यादवको योजना थाहा पाएपछि उपाध्यक्ष यादवले गुटको राजनीति सुरु गरेकी हुन् । उपाध्यक्ष यादव समानुपातिक सांसद हुन् । अध्यक्ष यादवले बनाएको मापदण्डअनुसार नेतृ यादव मन्त्री बन्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...