मन्त्री नबनाए उपेन्द्रलाई रेणुले सनासोले च्याप्छु भने पछी भयो हंगामा,ओली समेतलाई पर्यो यस्तो असर



मन्त्री बन्न नेताहरूले केसम्म गर्न भ्याउँछन् भन्ने उदाहरण रेणु यादवले दिएकी छिन् । संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष यादवले मन्त्री बन्नका लागि गुट सिर्जना गरेर बखेडा गरेको रहस्य बाहिर आएको छ ।
यसअघि पटक–पटक मन्त्री बनेर लाभको पद लिइसकेकी यादवले मन्त्री नबनाए जे पनि गर्ने भनेर अध्यक्ष उपेन्द्र यादवलाई धम्की दिएको उच्च स्रोतले जनाएको छ । ‘अध्यक्ष उपेन्द्र यादवविरुद्ध रेणु यादव खुलेर मोर्चाबन्दी गर्नुभएको छ’, एक पदाधिकारीले भने,‘उहाँले अध्यक्ष यादवका हरेक गतिविधीलाई नियाल्न सुराकी पनि प्रयोग गर्नुभएको छ ।’

स्रोतका अनुसार उपाध्यक्ष यादवले नेवाः प्रदेशका सदस्य सन्तोष सिलवाललाई प्रयोग गरेकी छिन् । त्यति मात्रै होइन नेतृ यादवले उपेन्द्र यादवका चालक रमाकान्त साहलाई पनि आफ्नो बसमा पारेको स्रोतको दाबी छ ।

सिलवाल र साहमार्फत अध्यक्ष यादवको सूचना लिएर सोहीअनुसारको नेतृ यादवले रणनीति बनाउँदै आएकी छिन् । ‘मलाई मन्त्री नबनाउने हो भने जे पनि गर्छु’, उपाध्यक्ष यादवको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘म जस्तो सक्षम नेतृलाई मन्त्री बनाउनु पर्छ । होइन भने उपेन्द्र यादवको बेहाल बनाउँछु ।’

संघीय फोरममा गुट चलाएर बसेकी उपाध्यक्ष यादवका गतिविधीबाट अध्यक्ष यादव आजित बनेका छन् । रेणुको पछिल्लो गतिविधिका कारण प्रधानमन्त्री केपी ओलीसँग वार्ता र सम्वाद गरेर सरकारमा सहभागी हुन अन्तिम तयारी गरिरहेका अध्यक्ष यादव समस्यामा परेका छन् । यादव रेणुलाई मन्त्री नबनाउने अबस्था सिर्जना भए पछी मात्र ओली सरकारमा जाने र त्यसको जानकारी केपीलाई उपेन्द्रले गराईसकेको श्रोतको भनाई छ। रेणुलाई रोक्नकै लागी उपेन्द्रले ओली संग कुरा नमिलेको नाटक गरेको श्रोतको भनाई छ।

यतिबेला उपेन्द्रलाई ‘आफू त महादेव उत्तानो पर, कसले देला वर’ झै भएको छ । ओली र यादवबीच लिखित सहमति हुन मात्रै बाँकी छ ।तर, सहमतिलाई भाँड्ने गरेर नेतृ यादवले गतिविधी गरेपछि संघीय फोरमका नेताहरू आक्रोशित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका सांसदलाई मात्रै मन्त्री बनाउने भित्री तयारी गरेका छन् । अध्यक्ष यादवको योजना थाहा पाएपछि उपाध्यक्ष यादवले गुटको राजनीति सुरु गरेकी हुन् । उपाध्यक्ष यादव समानुपातिक सांसद हुन् । अध्यक्ष यादवले बनाएको मापदण्डअनुसार नेतृ यादव मन्त्री बन्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी