अख्तियारका सचिव भन्छन- ठूला माछा विशेष अदालतको झ्यालबाट भाग्दै छन्,ओली सरकारलाई चुनौती



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालले अनुसन्धान अधिकृतहरुलाई अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
अख्तियारले दर्ता गरेका बिगो धेरै असुल गर्नु पर्ने मुद्दामा विशेष अदालतबाट धमाधम सफाइ पाइरहेको भन्दै उनले अनुसन्धान अधिकृतहरुलाई कडाईका साथ काम गर्न भनेका हुन् ।

आयोगमा सरुवा भएर आएका अनुसन्धान अधिकृत तथा अन्य तहका कर्मचारीहरुलाई आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा निर्देशन दिँदै सचिव खनालले अन्य निकायको भन्दा आयोगको कार्य गम्भीर र जटिल भएकाले यसको मर्म र भावना बुझेर काम गर्न निर्देशन दिए ।

उनले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य विभाग र भूकम्पपीडितका लागि त्रिपाल खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेषले अनुसन्धान प्रभावकारी नभएको भन्दै सफाइ दिएको प्रसंग जोडेर ठूला माछा विशेष अदालतको झ्यालबाट भागिरहेकोतर्फ संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस् । ऐन नियम र कानुनी दस्तावेजहरुको समेत राम्रोसँग अध्ययन गरेर कार्यसम्पादन गर्नुहोला ।’ उनले अनुसन्धानको पनि अनुसन्धान हुने हुनाले आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस भन्ने तर्फ सचेत हुन भनेका हुन् ।

तीन दिने अनुसन्धान अभिमुखिकरण कार्यक्रममा आयोगको गठन, सांगठनिक स्वरुप, काम, कर्तव्य र अधिकार तथा आयोगको पदाधिकारी र कर्मचारीको आचारसंहिता विषयमा जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...