अख्तियारका सचिव भन्छन- ठूला माछा विशेष अदालतको झ्यालबाट भाग्दै छन्,ओली सरकारलाई चुनौती



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालले अनुसन्धान अधिकृतहरुलाई अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
अख्तियारले दर्ता गरेका बिगो धेरै असुल गर्नु पर्ने मुद्दामा विशेष अदालतबाट धमाधम सफाइ पाइरहेको भन्दै उनले अनुसन्धान अधिकृतहरुलाई कडाईका साथ काम गर्न भनेका हुन् ।

आयोगमा सरुवा भएर आएका अनुसन्धान अधिकृत तथा अन्य तहका कर्मचारीहरुलाई आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा निर्देशन दिँदै सचिव खनालले अन्य निकायको भन्दा आयोगको कार्य गम्भीर र जटिल भएकाले यसको मर्म र भावना बुझेर काम गर्न निर्देशन दिए ।

उनले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य विभाग र भूकम्पपीडितका लागि त्रिपाल खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेषले अनुसन्धान प्रभावकारी नभएको भन्दै सफाइ दिएको प्रसंग जोडेर ठूला माछा विशेष अदालतको झ्यालबाट भागिरहेकोतर्फ संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस् । ऐन नियम र कानुनी दस्तावेजहरुको समेत राम्रोसँग अध्ययन गरेर कार्यसम्पादन गर्नुहोला ।’ उनले अनुसन्धानको पनि अनुसन्धान हुने हुनाले आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस भन्ने तर्फ सचेत हुन भनेका हुन् ।

तीन दिने अनुसन्धान अभिमुखिकरण कार्यक्रममा आयोगको गठन, सांगठनिक स्वरुप, काम, कर्तव्य र अधिकार तथा आयोगको पदाधिकारी र कर्मचारीको आचारसंहिता विषयमा जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी