ओली प्रधानमन्त्री बने पछी यसरी ओइरियो चिनियाँ लगानी,फागुनमा मात्र २० अर्ब लगानी स्वीकृत



हाम्रो इकोनोमि

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि फागुनमा चिनियाँ लगानीको जलविद्युत आयोजनाको २० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ।

उद्योग विभागले चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेशनले बनाउन लागेको जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो।कम्पनीले रसुवाको पार्वतीकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकामा २०१ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन २० अर्ब रुपैयाँ लगानी स्वीकृत गराएको हो।माघ महिनामा १८ करोड रुपैयाँ मात्रै विदेशी लगानी विभागले स्वीकृत गरेको थियो।ओली प्रधानमन्त्री हुनेवित्तिकै चिनियाँ लगानी स्वीकृत भएको हो।

पछिल्लो समयमा चिनियाँ लगानी भित्रिने क्रममा जलविद्युतमा यति ठूलो लगानी भित्रिएको हो।पछिल्लो समयमा भारतीय भन्दा चिनियाँ लगानीकर्ताले नेपालमा लगानी बढाइरहेका छन्।विभागका अनुसार फागुनमा १६ उद्योगमा २१ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ।फागुनमा उत्पादनमुलक उद्योगमा ५४ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ। माघमा भने उत्पादनमूलक क्षेत्रमा जम्मा ५० लाख रुपैयाँ मात्र विदेशी लगानी स्वीकृत भएको थियो।

सेवा क्षेत्रमा फागुनमा १२ करोड २५ लाख रुपैयाँ लगानी स्वीकृत भएको थियो। माघमा १० करोड ४२ लाख रुपैयाँ मात्र स्वीकृत भएको थियो।
पर्यटन उद्योगमा फागुनमा ५१ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ। पर्यटनमै माघमा भने ६ करोड ६० लाख रुपैयाँ विदेशी लगानी मात्र स्वीकृत भएको थियो।

चीनको २१ अर्ब, भारतको २१ करोड
फागुनमा लगानी स्वीकृत गर्ने विदेशी उद्योगमा चीन र भारतका ५/५ वटा उद्योग रहेका छन्।

चिनियाँ ५ उद्योगमा करिव २१ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ।यही अवधिमा भारतका ५ उद्योगको २१ करोड रुपैयाँ मात्र विदेशी लगानी स्वीकृत भएको छ।

यस्तो छ सरकारी योजना
अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी लगानी ल्याउन आवश्यक सबै कानुन संशोधनको तयारी गरिरहेको बताएका थिए।

उनले विदेशी लगानी भित्र्याउन लगानी बोर्ड ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन लगायत लगानीकर्ताको लागि आवश्यक सबै कानुन संशोधन गरेर लगानीकर्तालाई अनुकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए।

चिनियाँ लगानीकर्ताको चहलपहल
१० अर्ब रुपैयाँ भन्दा सानो विदेशी लगानी उद्योग विभाग र औद्योगिक प्रवर्द्धन बोर्डलेनै स्विकृत गर्छ।

विगतमा स-साना पर्यटन उद्योगमा मात्रै विदेशी लगानी स्वीकृत गराउने चिनियाँ लगानीकर्ताले अहिले भने ठूला लगानीतर्फ आकर्षित भएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले बताए।उनका अनुसार चिनियाँ लगानीका ठूला आयोजनाको अध्ययन भइरहेको छ।

उनले लगानीसँग जोडिएका कानुन संशोधन गर्नसके भविष्यमा ठूला परियोजना आउने सम्भावना रहेको बताए।’नेपाल विदेशी लगानीको लागि उत्कृष्ट गन्तब्य हो’ भुसालले भने, ‘लगानीमैत्री वातावरण बनाएर बजारको सुनिश्चितता गर्न सके विदेशी लगानी जति पनि आउँछ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...