यी हुन् आठ करोडको तेल खाने,अब को-को हुन् त जेल जाने?



हाम्रो इकोनोमि

नेपाल आयल निगमको ८ करोडको तेल चोरी प्रकरणमा परेको मुद्दामा विशेष अदालतमा किन अड्कियो ?
अदालतले यसमा किन तदारुकता देखाएन ? कसको चलखेलले यो मुद्दामा फैसला गर्न सकिएन ? निकै खुल्दुलीको विषय बनेको छ ।

भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीचबाटोमै चोरी गर्नेमा अख्तियारले धेरैलाई डामेको छ, तर कानुन व्यवसायीहरुले स्थगित गराएर यो मुद्दालाई लम्ब्याउने काम भइरहेको देखिन्छ ।

चैत ६ गते पनि यो मुद्दा चलेन, पर सारियो । यो आयल निगमको क्षेत्रीय कार्यालयका प्रमुखसहित ट्याङ्कर चालक र ट्याङ्कर धनी गरी ९८ जनाको मिलेमतो भएको दाबी गर्दै २०७१ भदौ ३१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अख्तियारले पेट्रोलियम पदार्थ बीच बाटोबाटै चोरी गर्ने कार्यमा संलग्न भएको अभियोगमा निगमको क्षेत्रीय कार्यालय रुपन्देहीका तत्कालीन उपनिर्देशक समेतलाई विपक्षी मानिएको छ । यो मुद्दामा आयल निगमका कार्यकारीको पनि संलग्नता रहेको थियो ।

अख्तियारले तेल चोरीमा उप–निर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दिपेन्द्र बस्नेतसहित तीन जना सहायक प्रबन्धक र दुई उपप्रबन्धक व्यवसायीमा शंकर भट्टराई, सुरेशप्रसाद उमर, राजु न्यौपाने र लोकप्रसाद भुषाल, ट्याङ्कर धनीमा हरिबहादुर कुँवर, राकेश कसौधन, पशुपति कशौधन, प्रिया गुरुङ, पप्पु कशौधन, चोपनारायण श्रेष्ठ, बालकृष्ण गैरे, प्रेमराज गैरे र पशुपति भारीमाथि मुद्दा चलाएको हो ।

एक करोड ९ लाख ३६ हजार बराबर पेट्रोलियम पदार्थको राजस्व नतिरेको, ६ करोड १७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ झिकेको र कर्मचारीले ५१ लाख ४५ हजार रुपैयाँ घुस लिएको गरी राज्यलाई झन्डै ८ करोडको नोक्सान गरेको अख्तियारको दावी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...