यी हुन् आठ करोडको तेल खाने,अब को-को हुन् त जेल जाने?



हाम्रो इकोनोमि

नेपाल आयल निगमको ८ करोडको तेल चोरी प्रकरणमा परेको मुद्दामा विशेष अदालतमा किन अड्कियो ?
अदालतले यसमा किन तदारुकता देखाएन ? कसको चलखेलले यो मुद्दामा फैसला गर्न सकिएन ? निकै खुल्दुलीको विषय बनेको छ ।

भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीचबाटोमै चोरी गर्नेमा अख्तियारले धेरैलाई डामेको छ, तर कानुन व्यवसायीहरुले स्थगित गराएर यो मुद्दालाई लम्ब्याउने काम भइरहेको देखिन्छ ।

चैत ६ गते पनि यो मुद्दा चलेन, पर सारियो । यो आयल निगमको क्षेत्रीय कार्यालयका प्रमुखसहित ट्याङ्कर चालक र ट्याङ्कर धनी गरी ९८ जनाको मिलेमतो भएको दाबी गर्दै २०७१ भदौ ३१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अख्तियारले पेट्रोलियम पदार्थ बीच बाटोबाटै चोरी गर्ने कार्यमा संलग्न भएको अभियोगमा निगमको क्षेत्रीय कार्यालय रुपन्देहीका तत्कालीन उपनिर्देशक समेतलाई विपक्षी मानिएको छ । यो मुद्दामा आयल निगमका कार्यकारीको पनि संलग्नता रहेको थियो ।

अख्तियारले तेल चोरीमा उप–निर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दिपेन्द्र बस्नेतसहित तीन जना सहायक प्रबन्धक र दुई उपप्रबन्धक व्यवसायीमा शंकर भट्टराई, सुरेशप्रसाद उमर, राजु न्यौपाने र लोकप्रसाद भुषाल, ट्याङ्कर धनीमा हरिबहादुर कुँवर, राकेश कसौधन, पशुपति कशौधन, प्रिया गुरुङ, पप्पु कशौधन, चोपनारायण श्रेष्ठ, बालकृष्ण गैरे, प्रेमराज गैरे र पशुपति भारीमाथि मुद्दा चलाएको हो ।

एक करोड ९ लाख ३६ हजार बराबर पेट्रोलियम पदार्थको राजस्व नतिरेको, ६ करोड १७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ झिकेको र कर्मचारीले ५१ लाख ४५ हजार रुपैयाँ घुस लिएको गरी राज्यलाई झन्डै ८ करोडको नोक्सान गरेको अख्तियारको दावी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...