राजधानीमै एक साता सम्म लगातार ५ जनाले एउटी किशोरीमाथि सामुहिक बलात्कार गरे,यसरी खुल्यो पोल



हाम्रो इकोनोमि

१५ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। काठमाडौंमा ५ जना व्यक्तिले उनीमाथि बलात्कार गरेका हुन्।

फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा ४ ख ३८५१ नम्बरको बसमा चढेकी उनीमाथि चालक तथा सहचालकले बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरु पक्राउ परेका छन्।

सुरुमा उनलाई चालक सन्तोष घिमिरे र दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगेर बलात्कार गरेका थिए। भोलिपल्टदेखि घिमिरेको हरिसिद्धीस्थित कोठामा लगेर बन्धक बनाइयो र त्यहाँ पनि ६ दिनसम्म बलात्कार गरिएको प्रहरीले जनाएको छ। फागुन २७ गते स्वयम्भू घुमाएर नजिकैको ग्यारेजमा लगेर उनीमाथि पुन: बलात्कार गरिएको थियो।

स्वयम्भूमा बेवारिस
यता, छोरी हराएपछि आमा निवेदन लिएर प्रहरीकहाँ पुगिन्। एक सातासम्म अत्तोपत्तो नलागेपछि छोरीको फोटोसहित पम्प्लेट बनाएर प्रचारप्रसार समेत गरिन्। २८ गते मात्र स्वयम्भूमा छोरी भेटिएको उनले खबर पाइन्। उनले छोरी त भेटिन् तर पहिले जस्तो अवस्था थिएन। घरी कराउँथिन् घरी तर्सिए जस्तो गर्थिन्। बेलाबेला उनी बर्बराउने गर्थिन्।

त्यसपछि प्रहरीलाई जानकारी गराएपछि घटनाबारे थप खुलेको हो। बलात्कारमा संलग्न घिमिरे र गड्तौलासहित उनीहरुका साथी सुदिप बजगाई, भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।

प्रहरीका अनुसार बलात्कारपछि अभियुक्तहरुले किशोरीलाई गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिई स्वयम्भूमा ल्याई छाडिदिएका थिए।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...