सेलेब्रिटी रोबोर्ट सोफियालाई अनमोल केसी संग डेट गर्न उखरमाउलो रहर पलायो,बच्चा पाउन पनि तयार



चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोर्ट सोफिया बुधबार बिहान काठमाडौंको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन्। राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले मन्तव्य दिइन्।

प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरुले फाइदा लिन सक्ने उनले बताइन्। सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ।

सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन)को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन्। मन्तव्यको उनले आफूलाई नेपालका हिरो अनमोल केसीसँग भेट गर्न मन लागेको सुनाएकी थिइन्। ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले पटक पटक दाेहाेर्याइन्।

सोफियाले विश्वको सर्वोच्च शिखर सगरमाथा पनि आरोहण गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले रियादमा आयोजित एक कार्यक्रममा आफूलाई राम्रो व्यवहार गरे अरुलाई पनि आफूले राम्रो व्यवहार गर्ने बताउँदा दर्शकहरु चकित बनेका थिए।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स तथा ह्युमनोइड रोबोटहरुले मानवतामाथि नै खतरा निम्त्याउँछन् वा यिनले मानवताको विकासमा थप योगदान दिन्छन् भन्ने विषयमा बहस जारी छ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।

यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ। यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ।

सुरुवाती अवस्थाभन्दा सोफिया अहिले धेरै प्रश्नको उत्तर दिने क्षमता राख्छिन् । सबै काम सोफियाले वाइफाईसँग जोडिएर मात्र गर्न सक्छिन् । उनको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ, जुन हेर्दा मानिसको जस्तै देखिन्छ । आँखामा भएको क्यामेराले सोफिया एक पटक भेटेको मानिसलाई दोस्रो पटक पहिचान गर्न सक्छिन् । निर्माण कम्पनीले दुई महिनाअघि मात्रै उनको क्षमता वृद्धि गरी हिँड्न सक्ने बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी