प्रहरीका जवानलाई पकाएको मासु भात गृहमन्त्री बादलले दनादन दिन थाले पछी……………..



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापले बुधबार प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना खाएका छन्।

महानगरीय प्रहरी वृत्त अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका उनले निरीक्षणपछि वृत्तका जवानहरुले खाना खाने मेसमा पुगेर सँगै खाना खाए। प्रहरी मेसमा खाना खाने उनको पूर्वनिर्धारित कार्यक्रम थिएन।

वृत्तको निरीक्षण सकेपछि उनी मेसतिर पनि छिरेका थिए। निरीक्षणका लागि उनी मेसमा गएको प्रहरी अधिकारीहरुको अनुमान थियो। तर, त्यहाँ पुगेपछि उनले सोधे, ‘हामी पनि यहीँ खाना खान्छौं, पुग्छ?’

गृहमन्त्रीले प्रहरी जवानको मेसमा खाना खान्छन् भन्ने त्यहाँ रहेका प्रहरीलाई लागेको थिएन। तर, गृहमन्त्री थापा सँगै बसेर खाना खाए। प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्कबहादुर थापा लगायतसँग बसेर उनले खाना आएका हुन्। गृहमन्त्रीका स्वकीय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि सँगै मेसमा बसेर खाना खाएका थिए।

संयोगले बुधबार मेसमा मासु पनि पाकेको थियो।

खाना खाएपछि मन्त्री थापाले प्रहरीको रासनमा विभेद रहेको भन्दै रासनमा समानता ल्याउने बताएका छन्। निरीक्षणपछि मन्त्री थापाले सुरक्षामा संवेदनशील भएर लाग्न निर्देशन दिएका छन्।बुधबार नै उनले नख्खु कारागार तथा ललितपुरका प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...