१५ वर्षे किशोरीमाथि सामूहिक बलात्कार



हाम्रो इकोनोमि

 

 

१७ फागुन साँझ १५ वर्षीय किशोरी कीर्तिपुरस्थित घरबाट निस्किइन् । बौद्धिक अपाङ्ग उनी त्यहाँबाट बल्खु जानलाई बा २ ख ४५९५ नम्बरको गाडीमा चढिन् र पछाडिको सिटमा बसिन् ।

गाडीमा रहेका सबै यात्रु ओर्लिए तर, उनी झरिनन् । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सायद उनी निदाएकी थिइन् । जब गाडी ललितपुरको हरिसिद्धीमा पुग्यो, तब गाडीका चालकले पछाडिको सिटमा युवती भएको चाल पाए ।

उनीहरुले किशोरीलाई घर पुर्‍याउन मद्दत गर्नुको साटो गिद्देनजर लगाए । चालक र सहचालकले सामूहिक बलात्कार गरे ।

भोलिपल्ट पनि उनीहरुले किशोरीलाई छाडेनन् । उनलाई बसुन्धरास्थित ग्यारेजमा पुर्‍याएर पुनः बलात्कार गरे । १५ वर्षीया किशोरी, त्यसमाथि बौद्धिक अपाङ्गता भएका उनीको केही लागेन ।

साँझ ड्राइभरले किशोरीलाई गोदावरीस्थित कोठामा लगे । ‘त्यहाँ ६ दिनसम्म बन्धक बनाएर राखेर बलात्कार गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘उसलाई कोठाबाट जान दिइएन । दिसा पिसाब पनि कोठाभित्रै बोटलमा गराएको देखिन्छ ।’ त्यो बोटल पनि प्रहरीले बरामद गरेको छ ।

२४ गते युवती त्यहाँबाट भागिन् । उनी आफ्नो घर पुग्न नपाउँदै भोलिपल्ट सह-चालकको फन्दामा परे । उनले पुनः चालकको कोठामा लगे र पटकपटक बलात्कार गरे ।

किशोरी हराएको दिन पनि उनी कोहीबाट बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीसँग काउन्सिलिङ गरेर सोधपुछ गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

अर्का समूहलाई जिम्मा लगायो

यो समूहले २७ फागुनमा युवतीलाई अर्को समूहको जिम्मा लगायो, त्यहाँ पनि किशोरी बलात्कृत भइन् ।

बा ४ ख ३८५१ नम्बरको गाडीको चालकले दिनभर किशोरीलाई गाडीमा हालेर घुमाउँछ । तर, किशोरीलाई निस्किन दिँदैन । चालक र सहचालकले साँझ स्वयम्भूस्थित एक ग्यारेजमा लगेर सामुहिक बलात्कार गरे ।

उनीहरुले किशोरीलाई गर्भ निरोधक औषधी खुवाउँछन् र अढाइ सय हातमा राखेर छाडिदिन्छन् । यो समूहले युवतीलाई स्वयम्भूमा छाडेको छाड्छ र उनी २९ गते घर पुग्छिन् ।

पक्राउ परे चालक सहचालक

किशोरी हराएकै दिन १७ फागुनमा परिवारका सदस्यले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । तर, बलात्कृत भएर घरमा  आएपछि अभिभावकले ३० फागुनमा अर्को जाहेरी दिए ।

सुरुमा प्रहरीले बा २ ख ४५९५ को चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गर्‍यो । सोही दिन भोला र चन्द्र कंलकीमा गाडी चलाइरहेकै बेला पक्राउ परेका हुन् ।

अर्का गाडीका चालक गड्तौला गौशालामा पक्राउ परे । सहचालक सन्तोष घिमिरे भागिसकेका रहेछन् ।

उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरिएको छ । घटनामा संलग्न एक जना फरार छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...