कित्ताकाट रोक्न सरकारले थाल्ने भयो यस्तो कदम,कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनाउने योजना



हाम्रो इकोनोमि

कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए ।

“राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ । गहिरो अध्ययन हुँदैछ ।” खनालले भने ।

साक्षात्कारमा मन्त्री खनालले पाँच वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिनेसमेत दाबी गरे । कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाई छ । त्यसैगरी सातदेखि दशवर्षसम्ममा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने उनले बताए ।

अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताउँदै समग्रमा विकास र स्थिरता नै सरकारको लक्ष्य भएको बताए ।

अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए ।“आयात र खरिद मात्रै हुनु दुखद हो । त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ ।” खनालले भने ।

यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उनले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्ने बताए ।

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ ।
कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताए ।
“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।”

मन्त्री खनालले भूमि व्यवस्थापनका लागि पनि आफूले तत्काल नयाँ काम थाल्ने बताए । भूमि व्यवस्थापनका लागि मालपोत र नापी कार्यालयलाई नै व्यवस्थित गर्नुपर्ने उनको तर्क छ । जमिन खण्डिकरण र कित्ता काट रोक्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेर निर्णय गर्ने खनालले बताए ।
सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने विषयमा पनि आफू गम्भीर भएको खनालको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...