फेसबुक सहितका सामाजिक संजाल बाट करोड भन्दा बढी ठगी गर्नेलाई यसरी खोरमा जाक्यो प्रहरीले



हाम्रो इकोनोमि

 सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जर, वाट्सएप लगायतका माध्यमको दुरुपयोग गरी ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

२५ लाखको चिट्टा पर्‍यो, आफन्तलाई सुन तथा नगद पढाएको छु भन्दै सर्वसाधारणलाई झुक्याएर रकम असुल गर्दै आएको गिरोहलाई प्रहरीले लामो समयको अनुसन्धानपछि पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका आरोपितलाई कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेले कास्की लगायत अन्य जिल्लाका रहेका छन् ।

उनीहरुले ८० जनालाई सामाजिक सञ्जालबाट ‘तपाईँलाई २५ लाखको चिठ्ठा परेको छ’ भनि सो रकम लिनका लागि तपाईँको ट्याक्स क्लियर छैन बोर्डरमा राजश्व लाग्ने भयो भन्दै विभिन्न बहाना बनाइ ठगी गर्दै आइरहेका थिए ।

ठगीका विभिन्न ३ वटा घटनामा संलग्न ९ जनालाई नै सोमबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा पाल्पा निस्दीका २६ वर्षे याम राना मगर, धादिङ नेत्रवती गाउँपालिकाका–१ का २८ वर्षे ठाकुर गुरुङ, २८ वर्षे गणेश गुरुङ, १९ वर्षे मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ वर्षे टेकबहादुर तामाङ, २५ वर्षे जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ वर्षकी संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ वर्षकी कामनी तिवारी र ४५ वषएका योगेन्द्र तिवारी रहेका छन् ।

उनीहरुले पटक पटक गरी १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनीहरुले आइएमई मार्फत पैसा पठाउन लगाएर ठगी गरेका थिए । उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सिंहले बताए ।

त्यसै गरी पोखरालेखनाथ महानगरपालिका–२५ हेम्जामा चेकजाँच गर्दा पोलेमनपाका ४ सिद्धार्थचोक बस्ने वर्ष १८ को विकास सुवेदीलाई पनि २२ सेट लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...