फेसबुक सहितका सामाजिक संजाल बाट करोड भन्दा बढी ठगी गर्नेलाई यसरी खोरमा जाक्यो प्रहरीले



हाम्रो इकोनोमि

 सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जर, वाट्सएप लगायतका माध्यमको दुरुपयोग गरी ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

२५ लाखको चिट्टा पर्‍यो, आफन्तलाई सुन तथा नगद पढाएको छु भन्दै सर्वसाधारणलाई झुक्याएर रकम असुल गर्दै आएको गिरोहलाई प्रहरीले लामो समयको अनुसन्धानपछि पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका आरोपितलाई कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेले कास्की लगायत अन्य जिल्लाका रहेका छन् ।

उनीहरुले ८० जनालाई सामाजिक सञ्जालबाट ‘तपाईँलाई २५ लाखको चिठ्ठा परेको छ’ भनि सो रकम लिनका लागि तपाईँको ट्याक्स क्लियर छैन बोर्डरमा राजश्व लाग्ने भयो भन्दै विभिन्न बहाना बनाइ ठगी गर्दै आइरहेका थिए ।

ठगीका विभिन्न ३ वटा घटनामा संलग्न ९ जनालाई नै सोमबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा पाल्पा निस्दीका २६ वर्षे याम राना मगर, धादिङ नेत्रवती गाउँपालिकाका–१ का २८ वर्षे ठाकुर गुरुङ, २८ वर्षे गणेश गुरुङ, १९ वर्षे मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ वर्षे टेकबहादुर तामाङ, २५ वर्षे जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ वर्षकी संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ वर्षकी कामनी तिवारी र ४५ वषएका योगेन्द्र तिवारी रहेका छन् ।

उनीहरुले पटक पटक गरी १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनीहरुले आइएमई मार्फत पैसा पठाउन लगाएर ठगी गरेका थिए । उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सिंहले बताए ।

त्यसै गरी पोखरालेखनाथ महानगरपालिका–२५ हेम्जामा चेकजाँच गर्दा पोलेमनपाका ४ सिद्धार्थचोक बस्ने वर्ष १८ को विकास सुवेदीलाई पनि २२ सेट लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...