बीस दिन पछी सर्बेन्द्र खनाल यसरी बन्दैछन् आइजीपी,खरेल,कार्की र बस्न्यात पनि रेसमा,ओलीको नजरमा किन परे खनाल?



नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि लिगलिगे दौड सुरु भएको छ । आइजीपी प्रकाश अर्याले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ ।

आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति छ । यो अवस्थामा अबको आइजीपी को बन्ने भन्ने आन्तरिक रुपमा होडबाजी व्यापक बनेको छ । अहिले सबै प्रहरी अधिकृतहरु बधाई दिने बहानामा नयाँ मन्त्री र नेताको घरहरुमा धाउने संख्या अत्याधिक छ ।

प्रहरी अधिकृतहरु नेता र मन्त्री भेटन जाँदै गर्दा गृह मन्त्रालयले सेवा प्रवेशदेखि अहिलेसम्मको ट्यारक रेकर्ड हेर्न थालेको छ । स्रोतका अनुसार ट्रयाक रेकर्डमा चार जना डिआइजी आइजीपीका लागि प्रमुख दावेदार देखिएका छन ।अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिएपछि भावी आइजीपीका लागि १५ डिआइजीमध्ये चार जना सवैभन्दा योग्यको सूचीमा परेका हुन।

गृह स्रोतका अनुसार ट्रयाक रेकर्डको आधारमा डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्न्यातमध्येबाट आइजीपी बन्ने अवस्था देखिएको छ । गृहस्रोतका अनुसार कामको मुल्यांकन गर्दा चार जना नै उत्कृष्ट देखिएकोले यिनै चारमध्येबाट एक जना आइजीपी र बाँकी एआइजीपी हुनेछन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पीरिडमा काम गर्न सक्ने क्षमता भएकै कारण उनीहरुमध्ये एक आइजीपी बनाइने स्रोतको भनाई छ । चारै डिआइजीको बिषयमा सत्तारुढ दलका नेताहरु देखिएका छन् । कतिपयले विगतमा अहिलेका डीआइजीहरुले गरेका कामको समीक्षा गर्दै जिम्मेवारी दिनुपर्ने तर्क समेत गर्न थालेका छन् ।

इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआइजीमा रहँदा गरेको कामलाई हेर्दा खनाल, खरेल, कार्की र बस्नेतमध्य एक आइजीपी बन्ने लगभग निश्चित छ, यही अनुसार सवैको प्रहरी इतिहास केलाउने काम भइरहेको छ, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । आर्थिक लेनदेनबिना आइजिपि बनाउने भएकोले पनि यस पटक ट्रयाक रेकर्ड हेरिएको हो ।

प्रहरीमा भर्ती हुनुअघि राजनीतिक पृष्ठभूमि, पारिवारिक उठबस र प्रहरी प्रशासनमा देखाएको कामलाई पनि आधार बनाउनुपर्ने कतिपय नेताहरुले नै सुझाव दिएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल पनि काबिल र सक्षम आइजीपी बनाउनुपर्नेमा रहेको उनी निकट स्रोतको भनाइ छ ।

इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआइजीमा रहँदा गरेको कामलाई हेर्दा खनाल, खरेल, कार्की र बस्नेतमध्य एक आइजीपी बन्ने लगभग निश्चित छ, यहीअनुसार सवैको प्रहरी इतिहास केलाउने काम भइरहेको छ, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । आर्थिक लेनदेनबिना आइजिपि बनाउने भएकोले पनि यस पटक ट्रयाक रेकर्ड हेरिएको हो।

डनहरुलाई इन्काउन्टर गरेर चर्चामा आएका खनाल र कार्की, हक्की स्वभावका खरेल होस वा विगतमा उत्कृष्ट काम गर्दा पनि ओलीको मान्छे भनेर सधै कमजोर मूल्यांकनमा पारिएका बस्नेत मध्येमा एकजनालाई अबका केही दिनमै एकजनालाई एआईजी बढुवा गर्ने र आइजीपीको जिम्मेवारी दिने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ ।

राजनीतिक साँठगाँठ र प्रभावमा मूल्यांकनमा आफूलाई स्थापित गरेका वर्तमान डीआइजीहरुको चलखेलले पनि नेताहरु आजित भइसकेको बताउने गरेका छन् । गृहमन्त्री थापाले त सार्वजनिक कार्यक्रममा सोर्सफोर्सका भरमा बढुवा र सरुवा हुन नखोज्न भनिसकेका छन् । यसले पनि स्पष्ट हुन्छ कि मन्त्री भएपछि बधाईका नाममा सोर्सफोर्स गर्नेहरु बढेकै छन् ।

सामान्य मुल्यांकनमा पनि आइजीपीका लागि खनाल, खरेल, कार्की र बस्न्यात नै देखिएका छन । बस्न्यात त्यस्ता डीआइजी हुन्, जसलाई एसएसपी कालमा नेतृत्व तालिममा प्रथम हुँदासमेत ओलीका मान्छे भन्दै शेरबहादुर देउवाले डीआइजीमा जसरी पनि बढुवा नदिने निर्देशन दिएका थिए । तर जति पेल्दा पनि बस्नेतलाई डिआइजी बन्नबाट देउवाले रोक्न सकेनन । गृहले सवै ट्रयाक रेकर्ड हेर्दा पहिलोदेखि तेस्रो बरियतामा रहेकासँगै बस्नेत पनि आइजीपीका लागि प्रमुख दावेदार देखिएका हुन । तर खनाल अबको प्रहरी प्रमुख हुने श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी