फरार सांसद दीपक मनाङेलाई खोज्न प्रहरीले जारी गर्यो रेडकर्नर नोटिस,भारतमा लुकेको सुँइको पाए पछी प्रहरी सक्रिय



हाम्रो इकोनोमि

मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दिपक मनाङे भनिने राजीव गुरुङका नाममा इन्टरपोलले रेडकर्नर  नोटिस जारी गरेको छ । मनाङे देशबाहिर रहेको सूचना पाएपछि प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको स्रोतले जनाएको छ ।

इन्टरपोलले मुख्यालयले गत साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाल प्रहरीलाई दिएको हो । मनाङेलाई अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरीले खोजी गर्नेछ ।

नेपाल प्रहरीले मनाङेको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता रेडकर्नर नोटिस जारी गरेको थियो । प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले फरार मनाङेको तीव्र खोजी भइरहेको जानकारी दिएका छन् । २०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।

२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । सोही घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...