आफ्नै स्कुलकी छात्रालाई बलात्कार गर्न खोज्ने प्रिन्सिपल प्रहरी खोरमा,छुटाउन कांग्रेस नेताको दबाब



हाम्रो इकोनोमि

फाइल तस्बिर

आफ्नै स्कुलकी छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की पक्राउ परेका छन्। शुक्रबार बेलुका उनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको हो।

कक्षा ९ मा अध्ययनरत एक छात्रालाई उनले शुक्रबार बेलुका होस्टेलमा बलात्कार प्रयास गरेको पीडितले बताएकी छन्। कार्कीलाई जर्बजस्ती करणी मुद्दामा कारबाहीको माग गर्दै स्कुलका छात्राहरु शनिबार बिहानै सातदोबाटो वृत्त पुगेका छन्। होस्टेलको छतमा गएका बेला जबर्जस्ती किस खाएको र संवेदनशील अंगहरु छोएको पीडित छात्राको भनाइ छ। कार्कीले भने छात्रा पढाइमा कमजोर भएकाले उनलाई सम्झाउन छतमा गएको दाबी गरेका छन्।

पीडित पक्षलाई फकाएर कार्कीविरुद्ध जाहेरी नदिन चलखेल भइरहेको स्रोत बताउँछ। उनलाई छुटाउन कांग्रेस नेताहरुको दबाब आएको एक प्रहरीले बताए। अहिले सातदोबाटो वृत्तमा दुई पक्षबीच छलफल भइरहेको छ।

प्रिन्सिपल कार्की ललितपुर प्याब्सनका अध्यक्षसमेत हुन्।सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुव्यर्वहार गरेको आरोप उनी माथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...