आफ्नै स्कुलकी छात्रालाई बलात्कार गर्न खोज्ने प्रिन्सिपल प्रहरी खोरमा,छुटाउन कांग्रेस नेताको दबाब



हाम्रो इकोनोमि

फाइल तस्बिर

आफ्नै स्कुलकी छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की पक्राउ परेका छन्। शुक्रबार बेलुका उनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको हो।

कक्षा ९ मा अध्ययनरत एक छात्रालाई उनले शुक्रबार बेलुका होस्टेलमा बलात्कार प्रयास गरेको पीडितले बताएकी छन्। कार्कीलाई जर्बजस्ती करणी मुद्दामा कारबाहीको माग गर्दै स्कुलका छात्राहरु शनिबार बिहानै सातदोबाटो वृत्त पुगेका छन्। होस्टेलको छतमा गएका बेला जबर्जस्ती किस खाएको र संवेदनशील अंगहरु छोएको पीडित छात्राको भनाइ छ। कार्कीले भने छात्रा पढाइमा कमजोर भएकाले उनलाई सम्झाउन छतमा गएको दाबी गरेका छन्।

पीडित पक्षलाई फकाएर कार्कीविरुद्ध जाहेरी नदिन चलखेल भइरहेको स्रोत बताउँछ। उनलाई छुटाउन कांग्रेस नेताहरुको दबाब आएको एक प्रहरीले बताए। अहिले सातदोबाटो वृत्तमा दुई पक्षबीच छलफल भइरहेको छ।

प्रिन्सिपल कार्की ललितपुर प्याब्सनका अध्यक्षसमेत हुन्।सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुव्यर्वहार गरेको आरोप उनी माथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...