राष्ट्रपतिले थर्काए पछी पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुली राजीनामा दिए



हाम्रो इकोनोमि

न्याय परिषद्को पत्रको आधारमा प्रधानन्यायाधीशबाट अवकाश पाएका गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन । न्याय परिषद् सचिवालयले पठाएको अवकाश पत्र, सर्वोच्चमा नयाँ नेतृत्व आएको अवस्था लगायतका कारण पराजुलीले राजीनामा दिएका हुन् ।

बुधबार न्याय परिषद् सचिवालयले अवकाश पत्र पठाएपछि पराजुलीले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सो क्रममा राष्ट्रपति भण्डारीले सर्वोच्चमा नयाँ नेतृत्व आइसकेको अवस्थामा फर्केर जाने बाटो नभएकाले सहज अवतरण खोज्न सुझाव दिएकी थिइन्।

न्याय परिषद् सचिवालयले उमेर हदका कारण प्रधानन्यायाधीश पराजुलीको पदावधि गत साउन २१ मै सकिएको भन्दै त्यसपछिको पदावधि अवैध भएको ठहरसहित बुधबार उनलाई अवकाश पत्र पठाएको थियो।

सोही पत्रका आधारमा सर्वोच्च प्रशासनले वरिष्ठतम न्यायाधीश दीपकराज न्यायाधीशलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएको छ। जोशीले बिहीबार पदभार सम्हाल्दै मुद्दाहरुको पेशी समेत तोकिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...