राष्ट्रपतिले थर्काए पछी पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुली राजीनामा दिए



न्याय परिषद्को पत्रको आधारमा प्रधानन्यायाधीशबाट अवकाश पाएका गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन । न्याय परिषद् सचिवालयले पठाएको अवकाश पत्र, सर्वोच्चमा नयाँ नेतृत्व आएको अवस्था लगायतका कारण पराजुलीले राजीनामा दिएका हुन् ।

बुधबार न्याय परिषद् सचिवालयले अवकाश पत्र पठाएपछि पराजुलीले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सो क्रममा राष्ट्रपति भण्डारीले सर्वोच्चमा नयाँ नेतृत्व आइसकेको अवस्थामा फर्केर जाने बाटो नभएकाले सहज अवतरण खोज्न सुझाव दिएकी थिइन्।

न्याय परिषद् सचिवालयले उमेर हदका कारण प्रधानन्यायाधीश पराजुलीको पदावधि गत साउन २१ मै सकिएको भन्दै त्यसपछिको पदावधि अवैध भएको ठहरसहित बुधबार उनलाई अवकाश पत्र पठाएको थियो।

सोही पत्रका आधारमा सर्वोच्च प्रशासनले वरिष्ठतम न्यायाधीश दीपकराज न्यायाधीशलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएको छ। जोशीले बिहीबार पदभार सम्हाल्दै मुद्दाहरुको पेशी समेत तोकिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको