गोपाल पराजुली भन्छन-‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ’



हाम्रो इकोनोमि

न्याय परिषद् सचिवालयद्वारा पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले यो निर्णय आफूलाई मान्य नभएको र यसबिरुद्ध चुनौती दिने प्रधानमन्त्री र आफू निकटहरुसँग बताएका छन्।

प्रधानन्यायाधीश पदबाट उनी मुक्त भएको भन्दै न्याय परिषद् सचिवालयले उनैलाई लेखेको पत्र बुधबार सार्वजनिक भएपछि उनले त्यसको कडा प्रतिरोध गरेका छन्। न्याय परिषद् सचिवालयले उनको पदावधि गत साउन २१ गते नै सकिएको भन्दै पत्र लेखेपछि प्रधानमन्त्री निकट र आफू निकटहरुसँग पराजुलीले कडा प्रतिरोध गरेको र आफू बहाल नै रहिरहेको दाबी गरेका छन्। उनलाई उद्धृत गर्दै उनी निकट एक न्यायाधीशले भने, ‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...