बंगलादेशका उड्डयन मन्त्री काठमाडौँ उत्रिए,आफन्तले शव पाउन पाँच दिन कुर्नुपर्ने,अस्पतालमा घुइचो



सोमबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाको राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदैछ।

युएस बंगला एयरको विमानमा परी ५० जनाको मृत्यु भएको छ। शव परीक्षणका लागि कम्तीमा ५ दिन लाग्नसक्ने टिचिङ अस्पतालले जनाएको छ।

‘अहिलेसम्म ११ जनाको पोस्टमार्टम भइसक्यो, बाँकीको अनुहार चिन्न सक्ने अवस्था छैन,’ अस्पतालका डा प्रदीप थापाले भने।
नचिनिने शव पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अपनाउनुपर्ने भएकाले थप समय लाग्नसक्ने उनले जनाए। सम्बन्धित देशका दुतावासका अधिकारी, वीमा कम्पनी र विमानस्थलका अधिकारी आइपुगेपछिमात्र थप प्रक्रिया अपनाइने अस्पतलाले जनाएको छ। डिएनए परीक्षणपछि शव पाउन ५ दिन लाग्ने थापाले जानकारी दिए।
अहिले टिचिङमा मृतकका आफन्तको भिड लागेको छ।

यता त्रिभुवन विमानस्थलमा भएको युएस–बंगलाको विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्रीसहितको टोली काठमाडौँ आएको छ।

सोमबार त्रिभुवन विमानस्थलमा युएस–बंगला एयरको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान जानुका साथै २२ जना घाइते भएका थिए। यसैका बारेमा जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलामसहितको एक उच्चस्तरीय मंगलबार काठमाडौँ आउन लागेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले नेपाल खबरलाई जानकारी दिए।

मंगलमा मध्यान्न साढे १२ बजे उक्त टोली नेपाल प्रस्थान गरिसकेको उनले जानकारी दिए।
बंगलादेशका प्रधानमन्त्रीको निर्देशनमा आउन लागेको उक्त टोलीले दुर्घटनाका घाइतेको उपचार तथा मृत्यु भएकाहरुको बारेमा औपचारिक जानकारी लिने बताइएको छ।
त्यस्तै दुर्घटनाका कारणबारे त्रिभुवान विमानस्थलका अधिकारीहरुसँग समेत उनीहरुले छलफल गर्ने कार्यक्रम रहेको महाप्रवन्धक क्षेत्रीले बताए।

त्यस्तै सोमबार त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावरका ६ कर्मचारी सरुवा भएका छन्।
मंगलबार विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावरका ६ कर्मचारी सरुवा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विमान दुर्घटनापछि कर्मचारीको सरुवा हुनु सामान्य पक्रिया भएको प्राधिकरणको भनाइ छ।
‘आफ्नै आखाँ अगाडि ठूलो दुर्घटना भएको देख्दा कर्मचारी त्रसित हुने भएकाले त्यहाँका कर्मचारीलाई विभागमा सरुवा गरेका हौँ’, प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने।
सोमबार त्रिभुवन विमानस्थलमा युएस–बंगला एयरको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते बनेका थिए।

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।